एनसेल सिम प्रयोग नगर्न अनेरास्ववियुको कार्यकर्तालाई निर्देशन
काठमाडौंः अनेरास्ववियुले आफ्ना कार्यकर्तालाई एनसेल सिम प्रयोग नगर्न निर्देशन दिएको छ । एनसेलले राज्यलाई कर छली गरेको भन्दै कर नतिरेसम्म ऐनसेलबाट आउने फोनसमेत नउठाउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको हो ।
अनेरास्ववियुले एनसेलविरुद्व सोमबार प्रर्दशनीमार्गमा प्रदर्शन गरेको थियो । सडक अवरोध नगरीकन डेढघण्टा प्रदर्शन गरिएको प्रवक्ता सुदिप शर्माले जानकारी दिए । प्रदर्शनपछि कोनसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्यले एनसेनले लाभ कर नतिरेसम्म एनसेल बहिष्कार अभियान चलाइने बताए । उनले आफ्ना कार्यकर्तालाई एनसेल प्रयोगमा रोक लगाउन निर्देशनसमेत दिएका छन् ।
उनले भने-‘कल मात्र होइन, रिसिभ पनि नगर्न अनुरोध गर्छ।' उनले भने । देशलाई संमृद्वि गर्न एनसेल वाधक भएको उनको भनाई थियो । महासचिव ऐन महरले ऐनसेलविरुद्व भण्डाफोर अभियान सशक्त बनाइने बताए ।
अनेरास्ववियुले एनसेललाई कारवाहीका लागि दबाव दिन बुधबार अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।