नेपालमा बस्ने भारतीयको पञ्जीकरण दर्ता

नेपालमा बस्ने भारतीयको पञ्जीकरण दर्ता

नेपालगन्जः भारतीय राजदूतावासले नेपालमा बसोवास गर्ने भारतीय नागरिकको पञ्जीकरण प्रमाणपत्र दर्ता गराएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघ र नेपाल-भारत मैत्री संघको सहकार्यमा राजदूतावासले नेपालगन्जमा उद्योग, व्यवसाय तथा विभिन्न पेसामा संलग्न आफ्ना नागरिकको प्रमाणपत्र दर्ता गराएको हो ।

भारतीय राजदूतावासका अतासे काउन्सिलर सोनम अन्चुकको नेतृत्वमा नेपालगन्ज आएको तीनजनाको टोलीले पञ्जीकरण प्रमाणपत्र दर्ता गराएको छ । आइतबार नेपालगन्जमा राजदूतावास काठमाडौंको आयोजनामा पञ्जीकरण प्रमाणपत्र दर्ता कार्यक्रम सञ्चालन भएको छ ।

नेपालगन्ज उवासंघका अध्यक्ष नन्दलाल वैश्य, राजदूतावासका काउन्सिलर अन्चुकलगायतको उपस्थितिमा तीन सय ५० जना भारतीय नागरिकको पञ्जीकरण प्रमाणपत्र दर्ता गरिएको संघका महासचिव अजयकुमार टण्डनले जानकारी दिए । पञ्जीकरण प्रमाणपत्र निःशुल्क दर्ता गरिएको उनले बताए । उक्त कार्यक्रम दुई दिन सञ्चालन हुनेछ ।

पञ्जीकरण प्रमाणपत्र दर्तापछि भारतीयले सीमित पुँजीको उद्योग-व्यवसाय नेपालमा सञ्चालन गर्न पाउनेछन् भने उनीहरूको उद्योग-व्यवसाय पान र भ्याट दर्ता हुनेछ । साथै उनीहरूले बैंक खातासमेत खोल्न सक्छन् । भारतीय गाडीसमेत किन्न सजिलो हुन्छ ।


पञ्जीकरण प्रमाणपत्र दर्ता कार्यक्रम दुई दिन सञ्चालन हुनेछ ।

पञ्जीकरण दर्ता कार्यले नेपालमा बसिरहेका भारतीयको तथ्यांक संकलन हुनुका साथै नेपाल सरकारलाई भारतीय आपराधिक व्यक्तिको प्रवेश नियन्त्रणमा सहयोग हुने महासचिव टण्डनले बताए । ‘नेपालमा कस्ता भारतीय बसेका छन्, केके पेसामा आबद्ध छन्, आपराधिक पृष्ठभूमिका कोही छन्÷छैनन्, त्यसको विवरणसमेत पञ्जीकरण दर्तापछि थाहा लाग्छ', उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.