मेयरको टिकट लिन दौडधुप

मेयरको टिकट लिन दौडधुप

हेटौंडाः स्थानीय निकायको निर्वाचन नजिकिँदै गर्दा हेटौंडा उपमहानगरपालिको मेयर कसलाई बनाउने भन्नेबारे चर्चा सुरु भएको छ । यससँगै राजनीतिक दलभित्र मेयर उम्मेदवारको टिकट लिन दौडधुप गर्नेहरू पनि बढेका छन्।

राजनीतिक दलभित्र पनि कसलाई उम्मेदवारका रूपमा अघि सार्ने भन्नेबारे रस्साकस्की जारी छ । एउटै पार्टीभित्र ६ जनासम्मको नाम चर्चामा छ । तत्कालीन हेटौंडा नगरपालिकामा पाँचवटा गाविस थप भई उपमहानगरपालिका बनेपछि सांसदभन्दा मेयर बन्न नेताहरू दौडधुपमा लागेका हुन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, राप्रपा, नेकपा मालेलगायत पार्टीका नेता मेयर उम्मेदवारको टिकट लिन जिल्लादेखि पार्टीका केन्द्रीय नेतासमक्ष लबिङ गर्दै आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् ।

कांग्रेसभित्र मेयरका लागि हालसम्म आनन्दराम पराजुली र अशोक शाक्यको नाम चर्चामा छ । मेयरको चर्चामा रहेका पराजुली कांग्रेस नगर सभापति तथा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष हुन् । पार्टीले जिम्मेवारी दिए आफू उपमहानगरपालिका प्रमुख भई भूमिका निर्वाह गर्न इच्छुक रहेको उनले बताएका छन् । शाक्य कांग्रेस मकवानपुरका पुराना नेता हुन् ।

दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुरमा पहिलो पार्टी बनेको एमालेमा सबैभन्दा बढी मेयरका आकांक्षी छन् । तत्कालीन हेटौंडा नगरपालिकाका मेयर डोरमणि पौडेल, उपमेयर हरिबोल महत, एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, नेताहरू एकलाल श्रेष्ठ, विष्णु ओझा र फुर्वा लामा मेयरको टिकट लिन दौडधुपमा रहेको बताइएको छ ।

राजनीतिक दलभित्र कसलाई उम्मेदवारका रूपमा अघि सार्ने भन्नेबारे रस्साकस्की जारी छ । एउटै पार्टीभित्र ६ जनासम्मको नाम चर्चामा छ ।

सरकारको नेतृत्व गरिरहेको पार्टी माओवादी केन्द्रमा मेयरका लागि कसैले पनि खुलेर लबिङ गरेका छैनन् । माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका इन्चार्ज बलराम बल र नेता प्रकाश पाण्डेको नाम चर्चामा छ । निकटका सामाजिक व्यक्तिलाई पनि उम्मेदवारका रूपमा अघि सार्ने सम्भावना रहेको माओवादी स्रोतले बतएको छ ।

राप्रपामा भने मेयर बन्न सांसद गणेश थापा र संविधानसभा निर्वाचनका प्रत्यासी दीपकबहादुर सिंहको चर्चा छ । थापा पार्टी केन्द्रीय अध्यक्ष कमल थापाका भाइ हुन् । भने सिंह दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर तीन नम्बर निर्वाचन क्षेत्रका सांसद अनन्त पौडेलसँग एक हजार मतअन्तरले पराजित भएका थिए ।

नयाँ शक्ति पार्टीले पनि स्थानीय निकाय निर्वाचनमार्फत आफ्नो जनमत जाँच्दैछ । नयाँ शक्तिले नेताहरू राजेन्द्र सिंखडा र राजन मैनालीमध्ये एकजनालाई उम्मेदवार बनाउने चर्चा छ । नेकपा मालेमा भने सचिव भीमसेन महतको चर्चा छ । महतले भ्रष्टाचार र अनियमितताविरुद्ध आवाज उठाउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.