पाकिस्तानले सीमामा पर्खाल लगाउन तत्कालै थाल्ने

पाकिस्तानले सीमामा पर्खाल लगाउन तत्कालै थाल्ने

इस्लामावाद : पाकिस्तानले अफगानिस्तानसँगको सिमानामा पर्खाल निर्माणको कार्य तत्काल सुरु गर्ने भएको छ । सीमा क्षेत्रमा अफगानी विद्रोही लडाकूको गतिविधिलाई कम गर्ने उद्देश्यले सीमा क्षेत्रमा बार निर्माण गर्न लागिएको समयमा पाकिस्तानको पूर्वी छिमेकीद्वारा भने मिलेर बसेका समुदाय विभाजित हुने भनेर आलोचना भएको छ ।

पाकिस्तान र अफानिस्तानलाई इराक लाइनले विभाजित गरिएको छ । बेलायतीहरुले सन् १८९६ मा निर्माण गर्न लागेको दुई हजार ४०० किलोमिटर सीमानामध्ये गत वर्ष एक हजार १०० किलोमिटर दक्षिणी सीमामा बार निर्माण गरिसकिएको छ। सेनाका अनुसार बाँकी आधाजसो सीमाबारलाई आगामी हप्तादेखि निर्माण सुरु गरिने छ ।

अफगानिस्तानका गृहमन्त्रीले पाकिस्तानी पक्षबाट सीमा सुरक्षाका लागि भनी सुरु गरेको कदमको विरोध जनाएको छ । यद्यपी निर्माण सुरु नभएको बताउँदै यसबारे थप प्रतिक्रिया नजाउने बताए । अफगानी गृहमन्त्रीले सीमानामा वार निर्माण गरेर आतङ्कवाद सम्बन्धि समस्या समाधान गर्न नसकिने तर यसले सीमा क्षेत्रका समुदायलाई विभाजित मात्र गराउने दावी गरे । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.