दर्शकलाई समेत दुर्व्यवहार गर्थे कपिल

 दर्शकलाई समेत दुर्व्यवहार गर्थे कपिल

एजेन्सी : पछिल्ला दिनमा भारतीय मिडियामा कपिल शर्मा र सुनील ग्रोबरको झगडाका बारेमा चर्चा धेरै नै सुन्न पाइन्छ । सेलिब्रेटीहरुले पनि यसलाई कुराकानीको विषय बनाइरहेका छन् । मिडियाहरुले बताए अनुसार कपिलले आफ्ना साथीहरुसँग यस्तो व्यवहार गरेको यो पहिलो घटना होइन । बारबार उनले यस्ता हर्कत गर्न गरेका थिए । सार्वजनिक स्थलमा भएकाले मात्रै यो घटना बाहिर आएको हो । 


हालै भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवले कपिलको बारेमा एउटा तथ्य खुलासा गरेका छन् । राजुका अनुसार कपिलले आफ्नो सफलतालाई काबुमा राख्न सकेनन् । उनले सफलताको दवावलाई झेल्न सकिरहेका छैनन् ।

राजु अगाडि भन्छन्,'कपिलले मसँग कहिले पनि गलत व्यवहार गरेका छैनन् तर उनको सो को सेटमा काम गर्ने अरु कलाकार र प्राविधिकले मलाई बताए अनुसार रक्सी पिएपछि उनी वेहोसी हुने गर्छन्, होसमा हुँदा ठिकै हुन्छन् । रक्सी पिएपछि उनको व्यवहार अशोभनीय हुने गर्छ। हामीलाई सबैले तब माया गर्छन जब रक्सी पिएपछि पनि हाम्रो व्यवहार पहिलाको जस्तै सामान्य हुने गर्छ ।'

कपिलले सुनील ग्रोबरसँग भेट्न खोजिरहेको राजुले बताए । कपिल शर्माले सुनीलको अनुपस्थितिमै हाँस्य कलाकार सुनील पाल, राजु श्रीवास्तव र एहसान कुरेसीसँग सोको एक भाग छायाङ्कन गरेका छन् । यी स्टारहरुको सहभागिता हुँदा पनि सुनील बिना कपिलको सो को टीआरपी घटेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार कपिलले आफ्नो टिमका अलवा सोमा उपस्थित भएका दर्शकसँग पनि खराब व्यवहार गर्ने गर्दथे । केही समय पहिला शाहरुख खान उनको सो मा आउँदा उनलाई भेट्न खोज्ने अन्य दर्शकलाई नराम्रो व्यवहार गरेका थिए । साथै शाहरूखसँग कसैलाई पनि भेट्न दिएका थिएनन् । उनको सोमा गएकी विद्या बालनलाई पनि ६ घण्टासम्म पर्खाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.