अक्षय कुमारलाई महिला प्रहरीले घेरेपछि
एजेन्सी : दिल्लीको पीवीआर थिएटर पुगेका बलिउड अभिनेता अक्षय कुमार महिला प्रहरीले घेरा हाल्दा अापतमा परे । अक्षय कुमारलाई आफ्नो अगाडि देखेर महिला प्रहरीहरु उनका साथमा सेल्फी खिच्न तँछाड-मछाड गर्न थाले । अक्षय कुमार अभिनेत्री तापसी पन्नूको 'नाम शबाना' फिल्मको प्रचार-प्रसारका लागि त्यहाँ पुगेका थिए ।
फिल्मको प्रमोशनका लागि अक्षयलाई महिला पुलिसकासाथ देखाउँने वातावरण मिलाइएको थियो । अक्षय कुमारका साथमा अभिनेत्री तापसी पन्नू लगायत फिल्मसँग सम्बन्धित व्यक्तिहरुको समूह पीवीआर थिएटर पुगेको थियो ।
आफ्नो अगाडि स्टार अक्षय कुमारलाई देखेपछि महिला प्रहरीहरुले आफूलाई सम्हाल्न सकेनन् र उनीसँग सेल्फी खिच्ने होडबाजीमा लागे । यतिसम्म कि महिला प्रहरीलाई रोकी, अक्षय कुमारलाई सहायता गर्न एक सिनियर पुलिस अफिसर नै आउँनुपर्यो ।मुस्किलले उनी महिला प्रहरीको घेराबाट बाहिर निस्किए । त्यसपछि अक्षयले अभिनेत्री तापसी लगायत आफ्नो टोलीसँगै बसेर फिल्म हेरे ।