यी हुन मान्छेले छाडेका संसारकै उजाड सहर

यी हुन मान्छेले छाडेका संसारकै उजाड सहर

एजेन्सी : संसारका अधिकाशं मान्छेहरु सुविधा सम्पन्न शहरमा बस्न रुचाउँछन् । त्यसैले सहरमा जनसङ्ख्याको चाप बढी नै हुने गर्छ । विश्वमा थुप्रै यस्ता सहर छन्, जहाँ मान्छे नभएर सुनसान र खण्डहर बनेका छन् । हामी यस्तै केही सहरहरुको बारेमा जानकारी दिँदैछौं ।

 

कावले रिजो, इटाली 

इटालीको कवालेरिजो सहरमा सन २००५ ठूलो पहिरो गएको थियो । त्यसपछि त्यहाँका बासिन्दा त्यो ठाउँ छोडेर अन्यत्र गए अहिले उक्त सहरमा एउटा कुकुरका साथ एक महिला मात्रै बस्ने गर्छिन।

worlds-most-desolate-towns1 दुनिया के सबसे उजाड़ कस्बे

प्रिपेत, युक्रेन

सन १९८६मा चेर्नोबिलमा भएको आणविक दुर्घटनाका कारण युक्रेनको यो सहर पूर्ण रुपले उजाड भएको छ । त्यस बेला यो सहरमा ४३ हजार मान्छे बस्ने गर्थे । त्यसपछि सबैले यो ठाउँ छोडेर गए अहिले त्यो ठाउँ जनावरहरुको बासस्थान भएको छ ।

worlds-most-desolate-towns3 दुनिया के सबसे उजाड़ कस्बे

ब्योलोलासिका, क्रोएसिया

क्रोएसियाको यो सहर एक पर्यटनस्थलको रुपमा रहेको थियो । पर्यटन प्रवद्र्धनका लागि स्की रिसोट निर्माण गर्ने पहल पनि भइरहेको थियो । रिसोर्ट निमार्णको योजना पूरा भएन । पर्यटन व्यवसाय नराम्ररी खस्कियो । जसक कारण त्यहाँका बासिन्दा अन्यत्र बसाई सर्दै गए । अहिले यो सहर रित्तो भएको छ । अहिले पनि यहाँ रोपवे झुण्डिरहेको देख्न सकिन्छ।

worlds-most-desolate-towns4 दुनिया के सबसे उजाड़ कस्बे

होउटावान, चीन

होउटावान चीनको जेनजियाङ प्रान्तमा पर्छ । यस ठाउँमा रोजगारको अभाव भएपछि , कामको खोजीमा विस्तारै यहाँका मान्छे अन्यत्र जान थाले र उतै बस्न थाले । यही क्रम बढ्दै जाँदा यो ठाउँ रित्तो भयो अहिले त्यहाँ घरहरु मात्रै देखिन्छ र घरमा लामा–लामा घाँस उम्रेका छन् ।

worlds-most-desolate-towns5 दुनिया के सबसे उजाड़ कस्बे

कालमनस्कोप, नामिबिया

यो सहर हिराको काणरले धेरै प्रसिद्ध मानिन्छ । पहिला यहाँ मान्छेहरु हिरा खोज्न मात्रै आउँने गर्थे। यहाँको जमिनमुनि हिरा पाउँने भएकाले थुप्रै जर्मनहरुले घर बनाएर बस्ती बसाएका थिए । सन १९२० को दशकमा बालुवा सहितको भयंकर समुँद्री आँधी आयो । त्यो आँधीले त्यहाँका बासिन्दालाई यो ठाउँ छोड्न बाध्य बनायो । त्यसपछि यो सहर मानव विहीन बनेको छ ।

worlds-most-desolate-towns6 दुनिया के सबसे उजाड़ कस्बे

ओरविटा, युक्रेन

युक्रेनी सेना र विद्रोहीको द्वन्द्वले यो सहर हिंसाग्रस्त क्षेत्र बनेको थियो । यो ठाउँ युद्ध मैदान कै कारण यहाँका बासिन्दाहरु सहर छोडेर गएपछि मान्छे यो सहर बिरानो बन्न पुग्यो ।

worlds-most-desolate-towns7 दुनिया के सबसे उजाड़ कस्बे

काक्रो, इटाली

इटालीको काक्रो सहरमा सन १९६० मा ठूलो भुकम्प आयो त्यसकै कारण बाढी आएको थियो । यसै कारण यहाँका मान्छेहरु यो क्षेत्र खाली बनाएर अन्यत्र सरे अहिले यो सहर उजाड छ । अहिले यो ठाउँ डरलाग्दा फिल्मको सुटिङ गर्नका लागि मात्रै प्रयोग गरिन्छ ।

worlds-most-desolate-towns2 दुनिया के सबसे उजाड़ कस्बे

गाउसनविले, फ्रान्स

फ्रान्सको यो सहरमा करीब ४० बर्षअघि मान्छेहरुको चहल-पहल निकै नै थियो । लगातार बढिरहेका विमानको चर्का स्वरका कारण हैरान भएर त्यहाँका बासिन्दाले त्यो ठाउँ छाडे अहिले त्यहाँ दुई चार जना मात्रै बस्छन् ।
worlds-most-desolate-towns8 दुनिया के सबसे उजाड़ कस्बे

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.