अब इन्स्टाग्रामको लाइभ भिडियो सेभ हुने
काठमाडौं: सामाजिक सञ्जाल इन्स्टाग्रामको लाइभ भिडियो अब सेभ हुने भएको छ। फेसबुक ट्विटर लगायतले आफ्नो फिचरहरुलाई थप सशक्त बनाउदै लगेपछि इन्स्टाग्रामले पनि लाइभ भिडियोलाई सेभ अप्शन ल्याएको हो।
यसअघि इन्टाग्रामका प्रयोगकर्ताले लाइभ स्ट्रिमिङ गरेको भिडियो सेभ हुँदैनथ्यो। लाइभ भिडियो हेर्नको लागि त्यतिबेलै हेर्नुपर्थ्यो नत्र सकिनासाथ आफै हराउँथ्यो। प्रयोगकर्ताले यस्तो फिचर अप्ठ्यारो मानेपछि इन्स्टाग्रामले लाइभ भिडियोलाई पनि सेभ गर्न मिल्ने बनाएको हो।
इन्स्टाग्रामका सिइओ केभिन सिन्ट्रोमले भनेका छन्, ' प्राय प्रयोगकर्ताले इन्स्टाग्राम भिडियो लाइभ गरिसकेपछि सेभ गर्ने विकल्प देखाउँछ जुन इन्स्टाग्रामको देव्रेतिर देखिनेछ। अब विश्वभरका प्रयोगकर्ताले इन्स्टाग्रामको भिडियो सेभ भएको हेर्न सक्नेछन्।'
सिन्ट्रोमलेले प्रयोगकर्ताको ध्यानलाई मध्यनजर गर्दै विश्वको प्रविधिलाई पछ्याउनु परेको बताएका छन्। हाल करीब १५० मिलियन मानिसहरु दैनिक इन्स्टाग्राम चलाउने गर्दछन् भने मासिक 3 मिलियन प्रयोगकर्ता रहेका छन्।