पोखरामा नेपथ्यको कन्सर्ट

पोखरामा नेपथ्यको कन्सर्ट

पोखराः चर्चित गायक अमृत गुरुङले शिक्षा क्षेत्रमा सहयोग गर्नु नेपाली लोक रक समूह नेपथ्यको पहिलो प्राथमिकता भएको बताएका छन् । चैत २६ गते पोखरा रंगशालामा ‘फेरि उठ्नेछ नेपाल’ इभेन्टको दोस्रो संस्करणबाट उठेको रकम सहयोग गर्ने विद्यालय अवलोकन गर्न पुगेका गायक गुरुङले समाज र देशलाई उज्यालो दिने शिक्षा क्षेत्रको विकासमा नेपथ्यले सधैं सहयोग गरिरहने बताए ।

कन्सर्टबाट सहयोग गरिने विद्यालयमध्ये कास्कीको माछापुच्छे« गाउँपालिका–९, ल्वाङघलेलस्थित गौरीशंकर मनिलाल माध्यमिक विद्यालयको भौतिक, प्राविधिक शिक्षाको अवस्थाको अवलोकन गुरुङले गरे । स्थानीयवासीसँग अन्तरक्रिया गर्दै गायक गुरुङले समाज र देशलाई कस्तो बनाउने भन्ने विषय शिक्षासँग जोडिएको बताए । २२ वर्षअघि साथीसँगै पुगेको गाउँको विद्यालयको सहयोगार्थ कन्सर्ट गर्न लाग्दा खुसी लागेको उनले बताए ।

नेपथ्यले कन्सर्टबाट भएको रकमले धेरै विद्यालयलाई सहयोग गरेको र सहयोग जारी रहने गायक गुरुङले बताए । गायक गुरुङले गाउँका लोकभाका हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । द्वन्द्वको कारण पलायन हुँदा यो समस्या आएको उनको बुझाइ छ ।

गौरीशंकर मनिलाल उमाविका साथै कास्कीकै सल्यान गाउँको भूमेश्वर प्राविको सहयोगार्थ कन्सर्ट हुन लागेको हो । कन्सर्टबाट १५ देखि २० लाख रुपैयाँ बचत हुने विश्वास गरिएको छ । सोही रकम विद्यालयको शैक्षिक गुणस्तरका लागि खर्च गर्ने गरी सहयोग दिन लागिएको हो । कन्सर्टबाट प्राप्त रकमले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र कम्प्युटर कक्षा सञ्चालनमा खर्च गरिने योजना गौरीशंकर मनिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक रक्षबहादुर क्षेत्रीले बताए ।

गायक गुरुङले तीन वर्षपछि आफ्नै आँगनमा चर्चित गीत दुई घन्टासम्म गाउने नेपथ्यका व्यवस्थापक किरण श्रेष्ठले बताए । पोखरामा अहिलेसम्म नगाएको पाँचवटा नयाँ गीत पनि कन्सर्टमा प्रस्तुत हुने उनले जानकारी दिए । पोखरामा हुने कन्सर्टका आयोजक किरण गुरुङले नेपथ्यले आफू जन्मेको गाउँको विद्यालयको शैक्षिक गुणस्तरको सहयोगार्थ कन्सर्ट गर्न लागेकोमा खुसी व्यक्त गरे ।

सन् २०१६ मा काठमाडौं हजारौं दर्शकका माझ फेरि उठ्नेछ नेपाल इभेन्टको पहिलो संस्करण सम्पन्न भएपछि ब्यान्डवागन वाई पोजेटिव भाइव कम्पनीको व्यवस्थापनमा पोखरामा इभेन्ट हुन लागेको आयोजकले बताएका छन् । नेपथ्यले सन् २००० देखि २०१४ सम्म शान्तिका लागि शिक्षा र सुन्दर शान्त नेपाल गरेर दुई अभियानलाई लिएर पटकपटक मुलुकभर कार्यक्रम प्रस्तुत गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.