मिस इकोमा रोनाली अमात्य 

मिस इकोमा रोनाली अमात्य 

काठमाडौः ‘मिस इको इन्टरनेसनल २०१७' मा नेपालको प्रतिनिधित्व रोनाली अमात्यले गर्ने भएकी छन् । अप्रिल १ देखि १५ सम्म इजिप्टमा हुन लागेको कार्यक्रममा भाग लिन उनी शुक्रबार इजिप्ट जान लागेकी हुन् । ८० देशका इको सुन्दरीहरूको सहभागिता हुने प्रतियोगितामा रोनाली एक्लो सहभागी हुन् । ग्रिन आर्ट मिडियाले गएको २४ डिसेम्बरमा गरेको ‘मिस इको इन्टरनेसनल नेपाल २०१७' को अडिसनबाट उनी छनोट भएकी हुन्।

नौ डिजाइनरले तयार पारेका नेपाली संस्कृति झल्कने करिब दुई दर्जन पहिरनसहित उनी प्रतियोगितामा सहभागी हुन लागेकी ग्रिन आर्ट मिडियाका सीईओ प्रवीण लाकौलले जानकारी दिए ।

काठमाडौं ११ की २१ वर्षीया रोनाली ‘मिस इको इन्टरनेसनल नेपाल २०१७’ की विजेता हुन् । यही उपाधिले उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको ढोका खोलिदिएको हो ।‘मिस इको इन्टरनेसनल'मा आफूले नेपाली कल्चरको प्रवद्र्धन, पर्यटन र वातावरणका विषयमा विशेष प्रस्तुति दिने रोनालीले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.