सुनीतिको ‘पर्खिदाँ-पर्खिदैँ' एल्बमकाे चर्चा चल्दै(भिडियाेसहित)
काठमाडौँ । नवगायिका सुनीति कार्कीले ‘पर्खिदाँपर्खिदैँ' नामक एल्बम बजारमा ल्याउने भएकी छिन् । लोक, आधुनिक, पप तथा राष्ट्रप्रेम सम्वन्धि थुप्रै गीतहरुमा स्वर दिएकी गायिका सुनीतिले नयाँ एल्वम ‘पर्खिवसेँ' बजारमा ल्याउन लागेको जानकारी दिइन् ।
उनको एल्बम बजारमा आउनु अघि नै उक्त एल्वमको म्युजिक भिडियोले चर्चा कमाइसकेको छ । युट्युवमा अपलोड गरेको छोटो समयमै दर्शक-स्रोताले धेरै मन पराएको उनले बताइन् ।
अशोक गुरुङको लेखन तथा शब्द रहेको यो गीतमा सुभाष भुसालले संगीत भरेका छन् । दोलखामा जन्मिएकी सुनीति कार्कीको यस भन्दा अघि ‘यो देशले नयाँ मुहार फेर्ने दिन आयो' नामक राष्ट्रिय भावनाले ओत–प्रोत गीति एल्वम बजारमा आइसकेको छ।
त्यहि गीतबाट डेब्यु गरेकी सुनीतिले अहिलेसम्म दर्जनौँ गीतमा स्वर दिइसकेकी छिन् । पर्खिवसे एल्वममा एकल गायन दिएकी उनको यस एल्बममा विशेष गरी विदेशमा रहेका आफन्त–प्रियजनलाई छिट्टै फर्कि आऊ भनी आग्रह गरिएको पीडादायी पलहरुलाई समावेश गरिएको छ । यसकारण पनि विदेशमा भएका हजारौँ संगीत प्रेमीहरुले उनीलाई रुचाउने गरेको कार्कीले बताइन् ।
सुनीतिको पछिल्लो एल्बम ‘पर्खिदाँ-पर्खिदैँ' अधिकांश गीतमा सुभाष भुसाल र रोशन शाही ठकुरीले संगीत भरेका छन् । सुनीतिले आफ्नो एलवमलाई संगीतप्रेमिहरुले रुचाउने विश्वास गरेकी छिन् ।
भिडियाे हेर्नुहाेस्