चोरी गरी भाग्न खोज्दा चिम्नीमै अड्किएपछि

चोरी गरी भाग्न खोज्दा चिम्नीमै अड्किएपछि

एजेन्सी : चोरी गर्न गएका एक व्यक्ति एउटा भवनको चिम्नीमा अड्किएर दुई दिनसम्म त्यहीं बस्न बाध्य भए । घटना जिम्बाब्बेको हो । जिम्बाब्बेको स्थानीय अखबार 'दी क्रोनिकल' का अनुसार 'एड्रिया जुंगा' नाम गरेका ती व्यक्ति एक युथ सेन्टरको चिम्नीमा अड्किएर दुई दिनसम्म त्यहीँ फसिरहे ।

अखबारले दिएको जानकारी अनुसार ३३ बर्षीय जुगां माकोकोबा क्षेत्रका हुन । उनी त्यहाँका चोरको गिरोहका सदस्य हुन् । चोरको गिरोहले गत सोमबार राती भवनको दुई वटा चिम्नीबाट उक्त यूथ सेन्टरमा छिर्ने योजना बनाएका थिए ।

Zunga of Makokoba suburb was part of a gang of three that hatched a plan to enter Thabiso Youth Centre

यी व्यक्ति एउटा चिम्नीबाट भित्र छिरेका थिए । भित्र छिरेर दुई कम्प्यूर, एक ल्यापटप र एक ज्याकेट चोरेर भाग्न खोजेका थिए । जुंगा भवनमा रहेको दोस्रो चिम्नीबाट निस्कने प्रयास गरेका थिए । भित्रैबाट बन्द भएकाले उनी चिम्नीको बीचमा अड्किए ।

The accomplices on realising that Zunga was stuck in the chimney fled with their loot and did not tell anyone about the mishap.

अखबारले बताए अनुसार उनीसँगै आएका साथीलाई उनी अड्किएको थहा थियो । उनी चोरीका सामान लिएर अर्काे चिम्नीबाट भागे तर यस घटना बारे कसैलाई बताएनन् । सहयोगका लागि आग्रह गर्दै कराइरहेका जुंगालाई युथ सेन्टरका व्यक्तिले देखेका थिए । उनी निरन्तर बाहिर निस्कने प्रयास गरिरहेका थिए ।

पछि उनलाई प्रहरीले भर्याङको सहयताले त्यहाँबाट निकाले । जुंगालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई गैरकानुनी रुपमा भवनमा छिरेको र चोरी गरेको दुवै अभियोगमा सजायँ हुने प्रहरी जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.