जब १३ बर्षीया बालिका फिल्म हेरेर गर्भवती भइन्

जब १३ बर्षीया बालिका फिल्म हेरेर गर्भवती भइन्

एजेन्सी : एक १३ बर्षीया बालिकाले फिल्म हेरेकै कारण आफू गर्भवती भएको बताएपछि वलिउडको एउटा फिल्ममाथि अदालतको ध्यानाकर्षण भएको छ । जसका कारण फिल्म पास गर्ने सेन्सर बोर्डमाथि अदालतले गम्भीर प्रश्न खडा गरेको छ ।

त्यो एक तामिल फिल्म हो । जसको नाम 'कलवानी' हो । ती बालिका फिल्म रिलिज भएका बेलामा एक केटा साथीसँग फिल्म हेर्न गएकी थिइन् । अहिले तीनै बालिका गर्भवती भईन । उनले यो सबै 'कालवानी' फिल्म हेरेर गरेको र त्यसै कारण आफू गर्भवती भएको बताएकी छिन् । यस मुद्धामा चेन्नइ अदालतले सेन्सर बोर्डलाई आदेश जारी गरेको छ । फिल्मको विषयवस्तु र फिल्मलाई दिएको प्रमाण-पत्रका विषयमा अदालतले प्रश्न उठाएको छ ।

यस फिल्मका निर्देशक सर्कुनम हुन् । फिल्ममा अभिनेता विमल र अभिनेत्री ओविया मुख्य भूमिकामा छन् । फिल्म सन २०१० मा रिलिज भएको थियो । अदालतले जारी गरेको आदेशमा भनिएको छ । १३ बर्षर्की गर्भवती किशोरी १० महिना पहिला आफ्नो प्रेमीसँग भागेकी थिइन । उनले 'कलवानी' फिल्मबाट प्रभावित भएर यस्तो कदम उठाएको बताइन् ।

अदालतले आदेश जारी गर्दै सेन्सर बोर्डमाथि प्रश्न उठाएको छ, यस्तो विषयवस्तु भएको फिल्म रिलिज गर्ने अनुमति किन दिएको ? यस फिल्मलाई दिएको यू सर्टिफिकेट सबैभन्दा बढी विवादको कारण बनेको छ ।

अदालतले फिल्मको विस्तृत विवरणसहितको एक फाइल तयार गर्न बोर्डलाई आग्रह गरेको छ । जसमा फिल्म निर्मातादेखि लिएर फिल्मको काटछाट गर्ने, सम्पादन गर्ने सबैको प्रतिक्रिया समावेश गर्न भनेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.