अन्नपूर्ण ओएमजीमा उचालिए दर्शक

अन्नपूर्ण ओएमजीमा उचालिए दर्शक

काठमाडौं : काठमाडौंको मुख्य भागमा रहेको टुँडिखेलमा शनिबार मध्याह्न 'अन्नपूर्ण ओएमजी बम्पर उपहार घोषणा कार्यक्रम' हुँदै थियो । त्यहीबीचमा गुन्द्रुके कपाल हल्लाउँदै मञ्चमा उक्लिए चर्चित गायक प्रमोद खरेल । टुँडिखेलमा जम्मा भएका आगन्तुक र दर्शकलाई उनले एकाएक तताए । गायक खरेललाई चर्चाको शिखरमा पुर्याउने गीत 'मेरो दिल छ पोखरामा' र आम श्रोताको मनमनमा उनलाई बसाउन सफल गीत 'झुमा झुम्कावाली' उनले प्रस्तुत गरे ।

Image may contain: 4 people, outdoor

प्रमोदको 'झुमा झुम्कावाली' सुनेर धीत मर्ने कमै युवा होलान् । एकपटक यो गीतमा नाचेर धीत नमरेका दर्शकको 'वान्स मोर' अनुरोधलाई स्वीकार्दै प्रमोदले पुनः 'झुमा झुम्कावाली' गाए । दर्शकमाझ दोस्रोपटक प्रस्तुत गरिँदा पनि दर्शकमाझ उत्तिकै उत्साह देखियो । गर्मीको कुनै परवाह नगरी मनोरञ्जन लिइरहेका दर्शकको बीचमै पुगेर प्रमोद पनि जोशिए । उनले दर्शकलाई नाच्न उत्साही बनाउँदै आफूसँगै गाउनसमेत लगाए । मञ्चबाट ओर्लेर दर्शकदीर्घातिर आउँदै गरेका प्रमोदलाई देखेर दर्शकको उत्साह सम्हाल्न सुरक्षाकर्मीलाई नै हम्मेहम्मे परेको थियो । प्रमोदले शुक्रबारमात्र रिलिज भएको नयाँ गीत 'लाइदेऊ न मायाले'समेत कार्यक्रममा प्रस्तुत गरे । उनको प्रस्तुति शैलीले सयौं दर्शकलाई लोभ्याएको थियो ।

Image may contain: 1 person, standing

कार्यक्रममा गायक हेमन्त शर्माले 'उकालीमा जाँदाजाँदै', 'मूल हौ भने रसाइदेऊ', 'आउँदै गर मालती', 'थाप न थाप हातैमा', 'गुडेको रेल पनि' बोलका गीत प्रस्तुत गरे । कार्यक्रमको पहिलो प्रस्तुति शर्माकै थियो । उनको प्रस्तुतिले टुँडिखेलको खुला मैदानमा छरिएका दर्शकलाई एकै ढिक्का बनाएको थियो । शर्माको गीतमा मग्न भएका दर्शकलाई प्रमोदले जुरुकजुरुक बनाएका थिए ।

Image may contain: 2 people, people standing

प्रमोदपछि मञ्चमा उक्लेकी गायिका रेखा शाहको गीतले सबै उमेरका दर्शकको मन नजित्ने कुरै भएन । लोकस्वाद सहितको 'सइँको घर काँ हो काँ' बोलको गीतले एकखाले दर्शकको मन फुरुंग भयो । बालबालिकादेखि वृद्धसम्मको ओठमा झुन्डिएको 'सिमसिमे पानीमा' बोलको गीतले सबै दर्शकको मन जित्यो । सुन्दरी गायिका रेखाले मीठो स्वरसँगै नृत्यकला पनि प्रस्तुत गरिन् ।

Image may contain: 1 person, standing

यी तीनै कलाकारभन्दा फरक शैली र स्वादको गीत लिएर प्रस्तुत भए गायक योगेश्वर अमात्य । बेफिक्रीजस्ता देखिने अमात्यको गायनशैली पनि रमाइलो थियो । आफैं आनन्द लिएर गाउने उनी त्यही शैलीबाट दर्शकको मन जित्छन् । प्रायः भीडभाडमा नदेखिने र सार्वजनिक कार्यक्रममा गीत गाउन त्यति नरुचाउने गायक भएकाले उनको प्रस्तुति हेर्न पाउँदा दर्शक अझ बढी नै हौसिएका थिए । अमात्यले 'जब सन्ध्या हुन्छ' बोलको चर्चित गीत सुनाए।

Image may contain: 13 people, crowd and outdoor

एकैछिनमा घाम लाग्ने र एकैछिनमा धुम्म भइरहेको शनिबारको आकाश अमात्यले गीत गाउने समयमा साँझ बोकेर आएझैं देखियो । मौसमले सन्ध्याको समय सिर्जना गरिदिएपछि अमात्यको गीतबाट दर्शकले पूर्ण मनोरञ्जन लिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.