मीराको चलचित्र चर्चा
एजेन्सी : सामान्य अवस्थाबाट सेलिब्रेटीकी श्रीमती बनिन् मीरा राजपुत । बलिउडमा चकलेटी ब्वाइका रूपमा चिनिएका शाहिद कपुरकी श्रीमती मीराको यति बेला बलिउडमा निकै चर्चा हुन थालेको छ । २२ वर्षीया मीरा बलिउडमा आउन चाहेको शाहिदले बताए ।
बलिउडमा हुने सबैजसो इभेन्टमा सहभागी हुँदै आएकी मीरा सबैको ध्यान खिच्न सफल छिन् । करण जोहरको टेलिभिजन सो 'कफी विथ करण'मा सहभागी भएपछि उनले झनै फ्यान कमाएकी हुन् । पति शाहिदले भर्खरै मोस्ट स्टाइलिस्ट अवार्ड हल अफ फेम लिने कार्यक्रममा पनि उनी सँगै थिइन् ।
कतिपयले मीरा र शाहिद सँगै चलचित्रमा आउने चर्चासमेत गरेका छन् । शाहिदले पनि उनीहरूलाई सँगै फिल्म खेल्न अफर आइसकेको बताएका छन् । उनी मीराको परिचर्चा बढ्दै गएको स्वीकार्छन् । शाहिदको अन्तिम चलचित्र 'रंगुन' हो । ३६ वर्षीया शाहिद मीरालाई इमानदार श्रीमतीका रूपमा हेर्छन् । मीराले चाहेमा राम्रो गर्नसक्ने विश्वास उनको छ ।