तरकारीबाटै घरघडेरी

तरकारीबाटै घरघडेरी

धनकुटा : २३ वर्षअघि बारीमा घोगा लागेका मकैका बोट भाँचेर तरकारीखेती लगाउँदा महालक्ष्मी नगरपालिका-१ का टेकबहादुर गुरुङले घरपरिवारबाट हप्की खानु परेको थियो । लहलहाउँदो मकै काट्दा छिमेकी सबैले पढेको मान्छे पनि बिग्रियो भन्थे । उनले मकैखेतीले मात्र जीविकोपार्जन नहुने भएर केही गर्ने अठोट लिए । मकै फाँडेको जमिनमा बन्दाकोबीको ब्याड राखेर तरकारी खेती सुरु गरे । सुरुमा १५ रोपनीमा बन्दाकोबी, मुला, आलु र केराउलगायतका तरकारी लगाए । सो वर्ष बन्दाकोबी मात्रै ९३ हजारको बिक्री गरे ।

मनग्गे आम्दानी भएपछि उनले गाउँका अन्य घरपरिवारलाई पनि तरकारी खेतीतर्फ प्रेरित गराए । कुनै बेला खाद्यबाली मात्र खेती हुने सो ठाउँमा अहिले बाह्रैमास तरकारी फल्छ । यहाँ रहेका दुई सय १० घरपरिवारले तरकारी फलाएरै वार्षिक पाँच करोड रुपैयाँ भित्र्याउने गरेको अगुवा किसान गुरुङले बताए।

सो गाउँमा तरकारीखेती भित्र्याउने श्रेय गुरुङलाई नै जान्छ । उनी गाउँमा व्यावसायिक तरकारीखेती र गाईपालनमा सफल किसानका रूपमा परिचित छन् । गुरुङले तरकारी फलाएरै धनकुटा सदरमुकामको मुटु बसपार्कमा करिब डेढ करोड रुपैयाँको घरघडेरी जोडेका छन् । उनले करिब ७० रोपनी जग्गामा तरकारीखेती गर्छन् । दर्जनभन्दा बढी उन्नत जातका गाईपालन गरेका छन् । उनका अनुसार गाउँका युवा कमाउन विदेश जानु परेको छैन । युवा गाउँमै तरकारी फलाएर बसेका छन् ।

तरकारीखेती गर्नुअघि गुरुङ गाउँकै हिमालय माध्यमिक विद्यालयका शिक्षक थिए । आईएडसम्मको अध्ययन गरेका उनको तलब त्यतिबेला नौ सय रुपैयाँ थियो । सो तलबले घरपरिवार चलाउन धौधौ पथ्र्यो । उच्च पहाडी क्षेत्र भएकाले चिसोले वर्षको एक पटक मात्रै मकै, फापर, कोदोलगायतका अन्नबालीको खेती हुन्थ्यो । खाद्यबालीको खेतीले घरव्यवहार टार्न समस्या हुन थालेपछि उनले तरकारीखेती गर्ने निधो गरे । यातयातको साधन नहुँदा उत्पादन भएको तरकारी बिक्रीका लागि करिब तीन घन्टा पैदल हिडेर सिँधुवासम्म ल्याउने गरेको गुरुङले बताए ।

करिब ६ वर्ष तरकारीखेती गरेपछि उनलाई गाईपालन गर्ने रहर जाग्यो । गाउँमा पर्याप्त घाँस थियो । इलामबाट उन्नत जातमा पाँच ओटा गाई खरिद गरेर ल्याए र दूघ उत्पादन गर्न थाले । गाउँका अन्य घरपरिवारलाई गाईपालनमा लगाउन पनि तरकारीखेतीजस्तै सकस पर्यो । तर उनी हिम्मत हारेनन् । त्यो बेला दूधको नापो गर्न लिटरको प्रयोग हुदैनथ्यो । दूध बिक्री मानाबाटै हुन्थ्यो । दूध बिक्रीबाट हुने आम्दानीले ऋण तिर्दे जानु भन्दै उनले गाउँका मन मिल्ने साथीलाई करिब सात लाख रुपैयाँ बराबरका २१ ओटा उन्नत गाई खरिद गरिदिए ।

तरकारीखेतीबाट आर्थिक उन्नति हुन थालेपछि गाउँका स्थानीय बासिन्दा आफैंले विकासको पूर्वाधार निर्माण गरेका छन् ।

२०५६ सालमा उनैको सक्रियतामा गाउँमै देउराली दुग्ध उत्पादन सहकारी संस्थाको स्थापना भयो । गाउँमा उत्पादन भएको दूध सोही सहकारी संस्थामार्फत बिक्री हुन थाल्यो । गाउँमा व्यावसायिक गाईपालन हुन थालेपछि अहिले प्रतिदिन आठ सय लिटर दूध संकलन हुने गरेको उनले बताए । संकलन भएको दूध ट्याक्टरबाट नजिकैको बजारमा लगेर बिक्री गर्दै आएको उनको भनाइ छ ।

तरकारीखेतीबाट आर्थिक उन्नति हुन थालेपछि गाउँका स्थानीय बासिन्दा आफैंले विकासको पूर्वाधार निर्माण गरेका छन् । गाउँले आफैंले बिजुलीको पोल खरिद गरेर घरघरमा बिजुली पुर्याएका छन् ।आ-आफ्नो घरसम्म पुग्ने बाटो आफ्नै पैसाले खने । 'पहिले ट्याक्टरमा दूध र डोकोमा तरकारी बोकेर बिक्रीका लागि सिँधुवासम्म पुग्न पथ्र्यो', उनी भन्छन्, 'तर अहिले हरेक घरघरमा बाटो पुगेको छ । ट्याक्टरबाटै दूध र तरकारी बजारसम्म पुग्छ, बोक्नु पर्दैन ।'

खाद्यबालीको खेती हुँदा केही महिनामात्र खान पुग्थ्यो । कति महिना त बाहिर गएर ज्यालामा काम गरेर आएको आम्दानीले नुन, चामल किनेर खानु पर्ने बाध्यता थियो । गुरुङ परिवारका पाँचै जना सदस्य अहिले तरकारीखेतीमा लागेका छन् । तरकारीको सिजनमा १० जनालाई रोजगारी दिने गरेको उनले बताए । पोहोर साल मात्र १७ लाख रुपैयाँ बराबरको तरकारी बिक्री गरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.