ऊनका सामग्रीमा आकर्षण
गमगढीः रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले मुगुको भेडा च्याग्राको उनबाट बनेका सामग्री किनेर लैजान थालेपछी बजारमा उन बाट बनेका सामग्रीको ब्यबासाय राम्रो देखेकाले यहाँका महिलाहरु यो ब्यबसायमा आर्कषक हुन थालेका छन ।
बजारमा भेडा च्याग्राको उनबाट बनाएका सामग्रीको राम्रै बजार देखेपछी महिला तथा बालबालिका कार्यालयले आयोजना गरेका ९० दिने शिप बिकास तालिम तर्फ उनबाट उत्पादन गरिने सामग्रीको तालिम आयोजना गरेपछी महिलाहरु यो ब्यबसाय तर्फ आर्कर्षित भएकि हुन् ।
सदरमुकाम गमगढी र मुगुम कार्मरोङ्ग गाँउपालिकाको पाँच गाँउमा बोबास गर्ने महिला हरुले मात्र यो ब्यबसायमा संलग्न भएको पाईएको छ । उनबाट उत्पादन हुने मप्लर,नेपाली पोषक दौरासुरुवाल, राडिपाखि कम्ल देखि उन्य सामग्रीको माग बजार राम्रै देखिएकाले दिगो शिपबिकास गरी ब्यबसायिक रुपमा ब्यबसाय गर्नसक्ने महिलाका लागी महिला तथा बालबालिका कार्यालय संग आबद्ध महिला समुहका १० जना महिला लाई ९० दिन तालिम आयोजन गरीएको महिला तथा बालबालिका कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्णा चन्दले बताईन ।
९० दिने तालिममा ५ जना जनजाति ५ जना अरु महिला सहभागि भएमि छन । सदरमुकाम गमगढीमा मात्र दुई दर्जन भन्दा बढी जनजाति महिलाले यो पेशा लाई मुख्य रुपमा लिएकी छिन । रारा घुम्न आएका होस या सरकारी तथा गैर सरकारी संस्थाको कामको सिलसिलमा सदरमुकाम गमगढीमा आउने जो कोही आफनो घर फर्किदा उनिहरुका लागी भेडा च्याग्राको उन बाट उत्पादन भएका सामग्रीनै पहिलो रोजाई पर्ने गरेको पाईन्छ । यो पेशामा संलग्न महिला ब्यबसाहिरुले कच्चा पर्दाथकै कारण माग गरेअनुसारको सामग्री पुर्याउन नसकेको ब्यबसायि भागि तामङ्गले बताईन ।
यो ब्यबसाय संचालन गर्न भेडा च्याग्राको उन तिब्बत बाट ल्याउनु पर्ने भएकाले बर्ष भरी पुग्ने उन ल्याउने यातायात नभएकै कारण मान्छे, खच्चड र याक बाट ढुवानि गरि ल्याउनु पर्ने बाध्यताकै कारण बजार चाहिने जति सामग्री उत्पादन गर्न नसकिएपनि महिला तथा बालबालिका कार्यालयले उन खरिद र ढुवानिमा सहयोग गरिदिए यो पेशा लाई ब्यबसायिक रुपमै सुरुवात गर्न सकिने तालिममा सहभागि बाँचु बुढाले बताईन ।