स्विट्जरल्यान्डमा नेपाली चलचित्र प्रदर्शन

स्विट्जरल्यान्डमा नेपाली चलचित्र प्रदर्शन

काठमाडौं : नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजान महोत्सव एउटा प्रभावकारी माध्यम मानिन्छ । स्तरीय र मौलिक चलचित्र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भए त्यसको प्रभाव र आकर्षण विभिन्न मुलुकका चलचित्रकर्मीमा पुग्नसक्छ । नेपाली चलचित्रले अहिले यस्तै एउटा ऐतिहासिक अवसर पाएको छ स्विट्जरल्यान्डमा । मार्च ३१ देखि स्विट्जरल्यान्डमा सुरु भएको 'फेस्टिभल इन्टरनेसनल डी फिल्मस् फ्रिवर्ग'मा 'न्यु टेरिटरी' विधाअन्तर्गत यस वर्ष डेढ दर्जनभन्दा बढी कथानक एवं लघु चलचित्र प्रदर्शनको अवसर जुरेको हो ।

Image may contain: 7 people

अप्रिल ९ सम्म चल्ने महोत्सवमा कथानक चलचित्रअन्तर्गत नेपालको पहिलो रंगीन चलचित्र 'कुमारी'सहित 'सिन्दूर', 'वासुदेव', 'कागबेनी', 'नुमाफुङ', 'मुकुण्डो', 'सुनगाभा', 'लुट', 'सेर्दाक', 'कालो पोथी', 'हु विल बी अ गुर्खा', 'सुन्तली', 'हाइवे', 'ह्वाइट सन' (सेतो सूर्य) रहेका छन् । त्यसैगरी लघु चलचित्रतर्फ 'दाद्या', 'झा लो', 'काफल पाक्यो', 'मलामी', 'छोरा' र 'भ्वाइस लेस' रहेका छन् । चलचित्र विकास बोर्डले जारी गरेको विज्ञप्तिअनुसार यी कथानक र लघुचलचित्रले विश्वभरका चलचित्रप्रेमीले नेपाली चलचित्रको स्वाद पाउनुका साथै नेपाल र नेपाली चलचित्रका बारेमा जान्ने अवसर पाउने विश्वास गरिएको छ ।

Image result for nepali movie sungava

महोत्सवमा नेपालमा छायांकन गरिएका विदेशी चलचित्रमा हलिउडको 'एभरेस्ट', कोरियाको 'हिमालय', जापानको 'एभरेस्ट–समिट अफ द गड्स', एरिक भ्यालीको वृत्तचित्र 'हिमालयन गोल्ड रस'समेत समावेश गरिएको छ । महोत्सवमा यो अवसरका लागि पहल गरेको चलचित्र विकास बोर्डले दिएको जानकारीअनुसार प्रत्येक नेपाली चलचित्र कम्तीमा दुईपटक प्रदर्शन हुनेछ । महोत्सवमा प्रदर्शन हुने नेपाली चलचित्रलाई अंग्रेजी र फ्रेन्च भाषामा सबटाइटलिङ गरिएको छ ।

Image result for kalo pothi

महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रतर्फ 'फिचर फिल्म' विधामा दीपक रौनियार निर्देशित 'ह्वाइट सन (सेतो सूर्य)' र लघु चलचित्रतर्फ 'झा लो'ले अन्य विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्दैछ । महोत्सवमा नेपालका निर्देशक सुवर्ण थापा अन्तर्राष्ट्रिय जुरीमा रहेका छन् । महोत्सवमा समावेश गरिएकामध्ये महत्वपूर्ण सेसन मानिएको नेपाली चलचित्रको विकाससम्बन्धी पब्लिक राउन्ड टेबल डिस्कसनमा नेपालका दीपक रौनियार, सुवर्ण थापा, सेनाङ ग्याम्जो तामाङ, निर्माता रामकृष्ण पोखरेल लगायतको सहभागिता रहनेछ । राउन्ड टेबल डिस्कसन अप्रिल ५ मा हुँदैछ ।

Image may contain: 1 person

विश्वमा प्रतिष्ठित मानिएको यस महोत्सवमा नेपाली चलचित्रलाई प्राथमिकताका साथ प्रदर्शन गरिनुमा पछिल्लो समय नेपाली चलचित्रले अन्तर्राष्ट्रिय जगत्मा देखाएको उल्लेखनीय प्रशंसा, सम्भाव्यता मुख्य कारक भएको चलचित्र विकास बोर्डले जनाएको छ । यस्ता महोत्सवले एकातिर नेपाली चलचित्रको दायरा फराकिलो बनाउने, अर्कोतिर पर्यटन प्रवद्र्धनका साथै नेपालमा विदेशी चलचित्र छायांकनका लागि उपयुक्त गन्तव्यका रूपमा सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.