गोल्छा नेतृत्वको प्यानल घोषणा

गोल्छा नेतृत्वको प्यानल घोषणा

काठमाडौः नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका शेखर गोल्छा समूहले प्यानल घोषणा गरेको छ । महासंघको आगामी नेतृत्व सम्हाल्न लागेकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले गोल्छा नेतृत्वको प्यानलको मंगलबार घोषणा गरिन् । यो समूहले आइतबार नै महासंघ सचिवालयमा उम्मेदवारी दर्ता गराएको थियो ।

संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान राखेपछि राणाले महासंघको नेतृत्व सम्हाल्दैछिन् । राणाले आफूलाई काम गर्न चाहिने राम्रो टिम भन्दै गोल्छा प्यानल घोषणा गरिदिएकी हुन् । प्यानलमा वरिष्ठ उपाध्यक्ष गोल्छासहित जिल्ला÷नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाल, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान उम्मेदवार छन् ।
एसोसिएट उपाध्यक्षमा ढकाल निर्विरोध भइसकेका छन् । किशोर प्रधान समूहले पनि समर्थन गरेपछि उनी निर्विरोध भएका हुन् । एसोसिएट उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने बताउँदै आएका शौरभ ज्योतिले पनि ढकाललाई समर्थन गर्दै दाबी फिर्ता लिएका छन् ।

राणाले गोल्छा समूह विजयी भएमा काम गर्न सजिलो हुने बताएकी छन् । उनले गोल्छा समूहका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरिन् । महासंघमा धेरै काम गर्न बाँकी भएकाले सक्षम समूह आवश्यक रहेको उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छाले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सम्भव रहेको बताए । उनको प्यानलले ‘आर्थिक समृद्धि' मूल नारा बनाएको छ । विगतमा देखिएका चुनौती हट्दै गइरहेको उल्लेख गर्दै उनले आर्थिक समृद्धिको वातावरण बन्दै गएको दाबी गरे । ‘ऊर्जा समस्या हल भएको छ, श्रम समस्या हटेको छ, निजी क्षेत्रमैत्री ऐन कानुन आउँदैछन्, कतिपय ऐनमा सुधार भइसकेको छ', उनले भने, ‘मुुलुकमा लगानीको वातावरण बन्दै गइरहेको छ, आर्थिक समृद्धि हाम्रै पालामा सम्भव छ ।' उनले समृद्धिका लागि सबैभन्दा ठूलो चुनौती आत्मविश्वासको मात्र कमी रहेको औंल्याए ।

गोल्छाले वस्तुगत र एसोसिएट क्षेत्रमा देखिएको ट्याक्सको समस्या समधानमा पहल गर्ने बताएका छन् । ‘टेबुल ठटाएर समस्या हल हुने दिन गइसके', उनले भने, ‘अब हामी तर्क गरेर, आफ्ना कुरा स्पष्ट राखेर, सबैलाई कन्मिन्स गरेर समस्या हल गर्दै जान्छौं ।'

गोल्छाले सचिवालय सुधारलाई प्राथमिकतामा राखेका छन् । महासंघमा पुग्दा आफ्नोपन महशुस हुने गरी सचिवालय सुधार गर्ने उनले प्रतिबद्धता जनाएका छन् । यसका लागि आफू सक्षम रहेको उनले बताए । ‘मसँग क्षमता छ, अनुभव पनि छ, मलाई जिताउनुस्, निरास बनाउने छैन', उनले भने । उनले मुलुकका करिब पाँच लाख उद्योगी व्यवसायीको आस्थाको धरोहर महासंघलाई उचो बनाइ राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.