पर्यटक तान्दै कास्कीको कफुचे हिमताल

पर्यटक तान्दै कास्कीको कफुचे हिमताल

पोखरा : कास्कीको मादी गाउँपालिकास्थित देशकै कान्छो कफुचे हिमताल अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । समुद्री सतहदेखि २४ सय ३७ मिटर उचाइमा हिमताल रहेको छ ।

अन्नपूर्ण चौथो र अन्नपूर्ण दोस्रो हिमालको बीचमा जम्मा भएको हिउँको थुप्रो हिमपहिरोका रूपमा खसेर जम्मा भएको हिउँ १४ वर्षको अवधिमा पग्लिएर हिमताल बनेको पार्चे गाविसका पूर्वअध्यक्ष मानबहादुर गुरुङले बताए । यसअघि स्थानीय भेडा चराउँदा हिउँको थुप्रो भएरै आउजाउ गर्थे । १४ वर्षदेखि हिउँको थुप्रो पग्लिएर ताल बनेको उनले सुनाए । नेपालकै कान्छो र सबैभन्दा कम उचाइमा रहेको हिमताल अवलोकन गर्ने पदयात्री पछिल्लो समय बढेका हुन् ।

पर्यटकीय गाउँ सिक्लेसबाट ७ घन्टाको पैदल यात्रा गरी हुँगु हँदै कफुचे तालसम्म पुग्न सकिने उनले सुनाए । पोखराबाट ताल करिब ५१ किलोमिटर दूरीमा छ । सिक्लेस पोखरादेखि ३९ किलोमिटर दूरीमा पर्छ । कम उचाइमा बनेको नयाँ हिमताल अवलोकन गर्न पछिल्लो समय नेपाली युवा, विद्यार्थी, विदेशी पदयात्री बढी आकर्षित भएको स्थानीय पर्यटन व्यवसायी इमान गुरुङले जानकारी दिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सिक्लेसमा सन् २०१५ मा ४ हजार ४ सय ५६ पर्यटक पुगेकोमा सन् २०१६ मा पर्यटकको संख्या बढेर ७ हजार २ सय २ पर्यटक सिक्लेस पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) की पर्यटन अधिकृत रश्मि आचार्यले बताइन् । नेपाली पर्यटक कति पुगे भन्ने तथ्यांक राख्ने चलन नभएको र अबदेखि आन्तरिक पर्यटकको पनि तथ्यांक राखिने उनले सुनाइन् । सन् २०१७ मा पनि सिक्लेस हँदै कफुचे तालसम्म जाने पर्यटकको संख्या पनि बढेको उनले जनकारी दिइन् । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा पर्ने यो ताल पुग्न पर्यटकीय गाउँ सिक्लेसबाट दुई दिनको पैदल यात्रा तय गर्नुपर्छ ।

ग्लोबलवामिङको कारण ग्ल्यासियर पग्लिएर बनेको कान्छो हिमतालको सरकारले संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न सके कास्की नेपालकै पर्यटन विकासमा टेवा पुग्ने भूगोलविद् डा. कृष्ण केसीले बताए । समुद्री सतहदेखि करिब आठ हजार मिटर उचाइका अन्नपूर्ण दोस्रो र चौथो हिमालबाट २५ सय मिटर तल हिमपहिरो खसेर बनेको यो ताल विश्वकै लागि उनौठो हुने उनले सुनाए ।

कम उचाइमा रहेको हिमतालको विश्व पर्यटन बजारमा प्रवद्र्धनात्मक कार्यक्रम गर्नुपर्ने उनले जोड दिए । पर्यटकको बसाइ लम्ब्याउन मानवनिर्मित नयाँ पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा प्रकृतिले नै सिर्जना गरेका नयाँ पर्यटकीय गन्तव्यको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्र लाग्नुपर्ने डा. केसीले सुझाए ।

नयाँ हिमतालको प्रवद्र्धनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पदयात्रा मार्गको स्तरोन्नतिसमेत गरेको एक्यापकी पर्यटन अधिकृत आचार्यले जानकारी दिइन् । भेडा गोठाला हिँडिरहेको पुरानै गोरेटोलाई स्तरोन्नति गरी पदयात्रा मार्ग निर्माण गरिएको पर्यटन अधिकृत उनले बताइन् । यस वर्ष १ लाख ६१ हजार लागतमा पदयात्रा मार्ग सुधार गरिएको एक्याप सिक्लेसले बताएको छ ।

लालीगुराँसको वन हँदै उकाली-ओराली गर्दै अन्नपूर्ण, लम्जुङलगायत सुन्दर हिमशृंखला दृश्यावलोकन गर्न सकिने यस क्षेत्र वन्यजन्तु, जडीबुटीका लागि पनि प्रसिद्ध रहेको स्थानीय व्यवसायी प्रकाश गुरुङले बताए । पर्यटकीय गन्तव्यको आकर्षक पक्ष नेपालकै कम उचाइमा रहेको हिमतालको अवलोकनको साथै यस क्षेत्रका संस्कृतिक, प्राकृतिक विविधता र भेडागोठको बसाइको आनन्द लिन सकिने गुरुङले सुनाए । हिमताल हेर्न आउने बढेपछि १५ जनासम्म बस्न मिल्ने गरी कटेजसमेत सञ्चालनमा आएको गुरुङले बताए।

सरकारले चासो नदिँदा हिमतालको संरक्षण र पर्यटन प्रवद्र्धनका काम हुन नसकेको पार्चे गाविसका पूर्वअध्यक्ष मानबहादुर गुरुङले बताए । 'तालसम्म जान बाटो छैन,' उनले भने, 'गोठका किसानले हिँड्न मुढा तेस्र्याएर बनाएको पुलबाट हिँड्नुपर्ने अवस्था रहेको उनले सुनाए । वर्षामा त्यही पनि बाढीले लगिदिने भएकाले तालसम्म पुग्ने बाटै बन्द हुन्छ ।' यस क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न तालसम्म पुग्ने बाटो र तीन ठाउँमा झोलुंगे पुल तत्काल बनाउनुपर्ने उनले बताए । कात्तिकदेखि जेठसम्म यस तालमा जान सकिने उनले जानकारी दिए ।

हिमताल उत्तर-दक्षिण लम्बाई ४ सय ५ मिटर, चौडाइ ३ सय २ मिटर र गहिराइ ३७ मिटर रहेको अध्ययन टोलीमा सहभागी अध्ययन टोलीमा सहभागी पृथ्वीनारायण क्याम्पस भूगोल विभागका उपप्राध्यापक रामजी पोखरेलले बताए । तीन वर्षअघि २०१४ मा जापानी अनुसन्धानकर्ता डा. जिरो कोमोरीले गरेको अध्ययनमा तालको लम्बाइ ४ सय मिटर, चौडाइ ३ सय मिटर र गहिराइ ४० मिटर रहेको बताइएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.