म्याराथनमा आर्मीका उद्धव कार्की प्रथम

म्याराथनमा आर्मीका उद्धव कार्की प्रथम

मलंगवाः विश्व स्वास्थ्य दिवसको अवसरमा शुक्रवार नेपाल आरोग्य संगठन डुमरिया सर्लाहीले सदरमुकाम मलंगवामा आयोजना गरेको छ । म्यारथन दौड प्रतियोगितामा नेपाल आर्मीका उद्धव कार्की प्रथम भएका छन् । कार्कीले ४ किलोमिटरको दौड १८ मिनेटमा पुरा गरेका थिए ।

‘सबैका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ म्यारथन दौड गरिएको संगठनका सल्लाहकार डा. राकेश कुमार सिंहले बताए । दौड मलंगवाको वरिपरी ४ किलोमिटरको रिंगरोडमा गरिएको थियो ।

प्रतियोगितामा नेपाल आर्मीकै चन्द्रसिंह विष्ठ द्वितीय र अर्जुन कार्की तृतीय भएको डा. सिंहले बताए । दौडमा नेपाल आर्मी, सशस्त्र प्रहरी गरी २ सय ५० जनाको सहभागिता रहेको थियो । शरिरलाई स्वास्थ्य राख्नका लागि योग र खेलकुद आवश्यक रहेकोले सर्वसधारणमा जनचेतना फैलाउने उदेश्यले म्यारथनको आयोजना गरिएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.