‘चुनावमा सुरक्षा दिन नेपाली सेना तयार’

‘चुनावमा सुरक्षा दिन नेपाली सेना तयार’

सुर्खेत: नेपाली सेनाले स्थानीय तहको चुनावमा सुरक्षा दिन तयारी अवस्थामा रहेको जनाएको छ। सेनाले आउँदो बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय चुनावलाई शान्तिपूर्ण बनाउन तयारी अवस्थामा रहेको जनाएको हो। देशमा संकट उत्पन्न भए चुप लागेर नबस्ने समेत सेनाले चेतावनी दिएको छ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले स्थानीय चुनावको सुरक्षाका लागि सेना तयारी अवस्था रहेको बताउनुभयो। भूतपूर्व सैनिकहरुको मध्यपश्चिम क्षेत्रीय सम्मेलनको शनिवार वीरेन्द्रनगरमा समापन गर्दै उहाँले देशको रक्षार्थ सेना चुप लागेर बस्न नसक्ने उल्लेख गर्नुभयो। सरकारले दिएको निर्देशन अनुसार आफूहरु तयारी हालतमा रहेको भन्दै उहाँले चुनावमा शान्ति सुरक्षाको लागि सेनाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

यसअघि संविधान सभाको चुनावमा पनि सेनाले सुरक्षा प्रदान गरेको स्मरण गर्दै उहाँले भन्नुभयो,‘सेना चुप लागेर बस्न सक्दैन, देशमा संकट ल्याउने क्रियाकलाप नियन्त्रण गर्न हामी प्रतिबद्ध छौं। मातृभूमिको रक्षार्थ सेना तयारी अवस्थामा छ, चुनावलाई शान्तिपूर्ण बनाउन प्रतिबद्ध छौं।’

उहाँले विगतमा देशमा शान्ति स्थापनार्थ सेनाले सरकारको निर्देशन अनुसार काम गरेको भन्दै अब स्थानीय तहको चुनावमा पनि डटेर खट्ने बताउनुभयो। उहाँले भन्नुभयो,‘सरकारले आवश्यक निर्देशन दिइसकेको छ, चुनावमा सेनाले सुरक्षा दिनेछ । कोही पनि त्रसित हुनुपर्ने अवस्था छैन, शान्तिपूर्ण रुपमा नै चुनाव सम्पन्न गराउन हामी खट्ने छौं।’

परिवर्तित राजनीतिक अवस्था अनुसार नेपाली सेनाले सचेत भएर काम गरिरहेको जनाएको छ। देशको स्वाभिमान, राष्ट्रिय एकता र संकट समाधानका लागि सेना संधै तयार रहेको प्रधान सेनापति क्षेत्रीको भनाइ छ। उहाँले सरकारको निर्देशन अनुसार नै सेना अगाडि बढ्ने भन्दै तत्कालका लागि सम्पूर्ण शक्ति स्थानीय चुनावलाई शान्तिपूर्ण बनाउनेतर्फ केन्द्रित भएको उल्लेख गर्नुभयो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.