आइपीएलमा पञ्जाब र वैंग्लोर विजयी

आइपीएलमा पञ्जाब र वैंग्लोर विजयी

काठमाडौं : शनिबार भएको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा किंग्स ११ पञ्जाब र रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएका छन् । पञ्जाबले राइजिङ पुने सुपरजाइन्ट्सलाई ६ विकेटले पराजित गर्यो भने दिल्ली डेरडेभिल्स र वैंग्लोर बीचको खेलमा वैंलोर १५ रनले विजयी भयो ।

शनिबार साँझ इन्दौरमा भएको पञ्जाब र पुने बीचको खेलमा पञ्जाबले टस जिती बलिङ रोजेको थियो । व्याटिङको निम्ता पाएको पुनेले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । पुनेका लागि बेन स्टोकले सर्वाधिक ५० रनको गोगदान दिए भने मनोज तिवारीले ४० र कप्तान स्मिथले २६ रन बनाए । १६४ रनको लक्ष पछ्याएको पञ्जाबले एक ओभर बाँकी छंदै ४ विकेटको क्षतिमा लक्ष पार गर्यो । पञ्जाकको जितकालागि कप्तान म्यास्सवेलले विस्फोटक व्याटिङ गर्दै २० बलमा ४४ रन बनाए । डेभिड मिलरले ३० रन बनाएर उनलाई साथ दिए भने ओपनर हसिम अमलाले २८ रनको योगदान गरे।

RCB made regular breakthroughs to get rid of the top order.

 

त्यसैगरी आइपीएल अन्तरगत नै शनीबार राती भएको अर्को खेलमा वैंग्लोर १५ रनको जित निकाल्न सफल भएको छ । दिल्ली डेरडेभिल्स र वैंग्लोर बीच वैंग्लोरमा भएको खेलमा वैंग्लोरले टस जितेर व्याटिङ रोजेको थियो । वैंग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो । वैग्लोरका लागि केदार जादवले सर्वाधिक ६९ रन बनाए । १५८ रनको लक्ष पछ्याएको दिल्लीले २० ओभरमा ढ विकेट गुमाएर १४२ रन मात्रै बनाउँन सक्यो । दिल्लीका लागि रिसव पन्तले सर्वाधिक ५७ रनको योगदान दिए । आइतबारको खेल सनराइज हैजरावाद–गुजरात लाइन्स र मुम्मई इन्डियन्स–कलकत्ता नाइटराइडर बीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.