महासंघको बहुचर्चित चुनाव

महासंघको बहुचर्चित चुनाव

काठमाडौः चुनावको चर्चा यस्तो थियो, हरेक दिन प्रत्येकजसो पत्रिकाको पहिलो पेजमा चुनावको समाचार हुन्थ्यो । कुनै पत्रिकाले विनोद चौधरी बलियो भनेर लेखेका हुन्थे, कुनैले पद्य ज्योति । खासै चर्चा नहुने व्यापारीको चुनाव आमचासोको विषय बन्न पुगेको थियो । ‘कसले चुनाव जित्ला भन्दै विदेशी राजदूतले फोन गरेर चासो राख्थे', महासंघका तत्कालीन महासचिव बद्री ओझा सम्झिनुहुन्छ, ‘मन्त्री, राजदूत, सरकारका उच्च पदस्थ कर्मचारी सबैको महासंघ चुनावले ध्यान खिचिदियो ।'

नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमा विनोद चौधरी र पद्म ज्योतिको चुनावी प्रतिस्पर्धाले सर्वाधिक चर्चा कमायो । दुई वर्ष नेतृत्व गरिसकेका चौधरीले कार्यकाल दोहोर्‍याउन चाहनुभयो । प्रथम उपाध्यक्ष रहेका ज्योति चौधरीसँग अध्यक्षका लागि रस्साकस्सीमा उत्रिए । दुई ठूला घरानाबीच घम्साघम्सी पर्‍यो, ज्योतिले बाजी मार्नुभयो । ५२ सालको चुनाव महासंघको इतिहासमै सर्वाधिक चासोको बन्यो ।

दुई ठूला घरानाका नेतृत्वकर्ता चुनावी प्रतिस्पर्धामा उत्रिएपछि मुलुकभर चर्चा/परिचर्चा भयो । व्यापारीबीच ध्रविकरण भयो । चौधरी र ज्योतिको चुनाव मुलुककै ठूलो चुनावजस्तो भएको ओझाको सम्झना छ । उहाँका अनुसार रस्साकस्सीले महासंघ कमजोर भएन, महासंघको चर्चा झनै बढायो बरु । महासंघ ठूलो संस्थाजस्तो भयो ।

महासंघको चुनावले व्यापारीमात्र होइन, राजदूत, कर्मचारी र नेतालाई समेत ततायो । ‘उद्यमी व्यवसायीको कुरै छोडौं, मिडिया र लगभग सबैजसो राजनीतिक पार्टी पहिलोचोटी महासंघको चुनावमा सक्रिए देखिए' चौधरीको आत्मकथामा भनिएको छ । हरेक दिनजसो पत्रिकाको कभरेज महासंघको चुनाव भैदिन्थ्यो । नेताहरूमाझ पनि व्यापारीको चुनावबारे परिचर्चा हुन्थ्यो ।

चौधरी र ज्योतिको रस्साकस्सीले व्यवसायीबीच धु्रविकरण त भयो, सँगसँगै संस्थाको चर्चाले महत्वव बढाइदियो भन्ने ओझाको भनाइ छ । त्यसअघि पनि धु्रविकरण नभएको होइन, ४४ सालमा महेशलाल प्रधान र मणिहर्ष ज्योति चुनावी प्रतिस्पर्धामा उत्रिँदा पनि धु्रविकरणले माहोल तातेको थियो । प्रधानले युवाको साथ लिएका थिए, ज्योतिलाई पाको उमेरका व्यवसायीले साथ दिए । तर, चौधरी र ज्योतिको पालामा त्योभन्दा ठूलो धु्रविकरण भैदियो । सोही चुनावदेखि महासंघमा जातीय र राजनीतिक ध्रुबिकरण देखिएको चौधरीले आत्मकथामा स्वीकार गरेका छन् । त्यही बेलादेखि महासंघको चुनाव राजनीतिकरण भैदियो । जिल्ला/नगरबाट आएका प्रतिनिधिको मतसमेत खरिदबिक्री भएको आरोपप्रत्यारोप भयो । आरोपप्रत्यारोपको राजनीति पनि त्यहीँ चुनावबाट सुरु भएको बताइन्छ ।

दुवै प्रतिस्पर्धी ठूलो घरानाका थिए, पैसाको कमी थिएन । चुनावमा पनि मनग्गे पैसा खर्च गरिएको जानकार बताउँछन् । कतिपय सोही चुनावदेखि महासंघमा गुटको लडाईं सुरु भएको बताउँछन्, चुनावमा मोटो रकम खर्च गर्ने परिपाटी पनि सोही चुनावदेखि सुरु भयो । पाँचतारे होटेलमा पार्टी हुन्थ्यो । जिल्ला/नगर र वस्तुगत संघका प्रतिनिधि तारे होटेलमा खाने/बस्ने गर्थे, चाहिनेभन्दा बढी सत्कार पनि पाए ।

महेशलालका अनुसार चौधरी र ज्योतिबीच एकपछि अर्को अध्यक्ष बन्ने सहमति भएको थियो । पहिला चौधरी, अनि ज्योति । तर, चौधरीले दोस्रो कार्यकालका लागि दाबी गरेपछि महासंघमा द्वन्द्व सुरु भयो । ‘विनोदले दोस्रो कार्यकालपछि अध्यक्ष छाडिदिन्छु भनेर जिद्दी गर्ने, पद्मले दोस्रो कार्यकालपछि कहाँ भनेको हो, पहिलो कार्यकालपछि अध्यक्ष छाडिदिन्छु भनेको होइन भनेर हट कसेपछि सहमतिको वातावरण बिग्रियो', महेशलाल सम्झनुहुन्छ ।


महासंघको इतिहासमा २०५२ सालमा भएको विनोद चौधरी र पद्यज्योतिको चुनाव सबैभन्दा चर्चित मानिन्छ ।


ओझाका अनुसार सर्वसम्मत नेतृत्वका लागि धेरै प्रयास पनि भयो, पूर्वअध्यक्षले धेरै मिलाउन खोजेका हुन् । दुवै जनाले आफ्नो अडान नत्यागेपछि चुनावमा जानुपरेको हो । तत्कालीन ब्लुस्टार होटेलमा (अहिले ब्लुवर्ड मल) चुनाव भयो । ज्योतिको चुनावी कार्यालय ब्लुस्टार होटेलमै थियो । त्यसैसँग टाँसिएको सीता होटेलमा चौधरीको चुनावी कार्यालय थियो । चुनावी प्रतिस्पर्धा कडा भयो, ज्योतिले चुनाव जित्नुभयो ।

महासंघका लागि दुवै जना महत्ववपूर्ण थिए । दुवै जना पढेलेखेका हुँदा महासंघ सुधार्न धेरै राम्रो काम गरेको ओझा बताउनुहुन्छ । चतुर र हक्की स्वभावका महेशलालले आफू बलियो हुनका लागि पढेलेखेका यिनै युवा समातेका थिए । ‘चौधरी र ज्योतिको पालामा महासंघ धेरै चर्चित भयो, सरकारका सचिवसमेत रिटायर्ड भएपछि जागिर खान आउँछौं भन्थे, कतिपय आए पनि', उहाँले भन्नुभयो ।

चुनाव हारेपछि चौधरी महासंघबाट करिब करिब हराए । चौधरी बाहिरिएपछि महासंघको वातावरण धेरै खल्लो भएको उहाँको भनाइ छ । ५४ सालको चुनावमा आफूलाई सहयोग गरेका आनन्दराज मुल्मीलाई जिताउन चौधरी पुन कस्सिनुभयो, मुल्मीको जित पनि भयो । यसपछि चौधरीको महासंघमा आउने/जाने क्रम बढेको थियो । यत्तिकैमा महासंघबाट हराउनुभएका उहाँले २०५९ सालमा नेपाल उद्योग परिसंघ नामक समानान्तर संस्था स्थापना गर्नुभयो । यो संघमा मारवाडी समूदायका ठूला घरनाको बाहुल्यता बढी छ ।

महासंघको भूमिका सिंहदरबारमा स्थापित गराउन चौधरीको ठूलो भूमिका छ । टेकुमा महासंघको आफ्नै भवन बनाउन उहाँ सक्रिय भएर लाग्नुभयो । उहाँकै कार्यकालमा त्रिपुरेश्वरको चारकोठे भाडाको घरबाट महासंघ टेकुको चारतल्ले आफ्नै भवनमा सर्‍यो । नयाँ भवन निर्माणका लागि सहयोग जुटाउन ठूलै कसरत गरेको ओझा बताउनुहुन्छ । दातृ निकायले महासंघलाई पच्छाउने छबी बनाइदिनुभयो । उहाँले आफ्नो कार्यकालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा संस्थाको मात्र नभई व्यक्तिगत सम्बन्ध विस्तार गर्न भ्याउनुभयो ।

चौधरीले स्थापना गरेको परिसंघ र महासंघबीच धेरै समय पानी बाराबारको अवस्था भयो । आरोप प्रत्यारोप पनि चलिरह्यो । अहिले कतिपय मुद्दामा समान धारणा बनाए पनि दुवै संस्थाबीच राम्रो मेलमिलाप देखिँदैन । महेशलाल भन्नुहुन्छ्, चौधरीलाई दोस्रो कार्यकाल दिएको भए यति चाँडै नयाँ संस्था जन्मिदैनथ्यो, महासंघमा पनि दुई/दुई कार्यकाल नेतृत्व सम्हाल्ने व्यवस्था लागू हुन्थ्यो ।

प्रधान र चौधरीबीच राम्रो सम्बन्ध थियो । प्रधानको दुई कार्यकाल चौधरी सँगै रहेर सघाउनुभयो । कतिपय बेलामा दुवै जना एउटै बेड सेयर गरेर पनि सुतेका छन् । ‘चुनाव भनेको यति खराब रहेछ, एउटै बेड सेयर गर्ने साथीभाइ पनि टुटाउँदो रहेछ', उहाँ भन्नुहुन्छ । प्रधानलाई खुलेर सहयोग गर्नु एका चौधरी आफ्नो कार्यकालमा ढुलमुल गरेको भन्दै असन्तुष्ट बन्नुभयो ।

चौधरी महासंघमा जातीय राजनीति भएको बताउनुहुन्छ । व्यापारमा नेवार र मारबाडी अगाडि, नेवार घरानाले गुटबन्दी गरेर मारबाडी घरानालाई अगाडि बढ्न नदिएको चौधरीको आरोप छ । तर, प्रधान यो आरोप स्वीकार्न तयार हुनुहुन्न । महासंघका पूर्वमहासचिव ओझाको बुझाइ पनि यही छ । चौधरीलाई चुनावमा आनन्दराज मुल्मी, निरक केसी लगायतका नेवार तथा बाहुनको सहयोग थियो । ज्योतिलाई गोल्छा, अग्रवाल लगायतका मारबाडी समुदायको सहयोग थियो । अहिले शेखर गोल्छा र किशोर प्रधान चुनावी मैदानमा छन् । शेखरलाई नेवार, मारबाडी, बाहुन, क्षेत्रीले सहयोग गरिरहेका छन् । यसले पनि बाहिर हल्ला चलेजस्तो गुटबन्दी नभएको स्पष्ट हुने नेवार समुदायका व्यवसायीको दाबी छ ।

आज साधारणसभा

नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं वार्षिक साधारणसभा सोमबारदेखि राजधानीमा सुरु हुँदैछ । प्रधानमन्त्री पुस्पकमल दाहालले साधारणसभाको उद्घाटन गर्नुहुनेछ । साधारणसधाले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि मंगलबार निर्वाचन हुनेछ । नयाँ विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएका कारण वरिष्ठ उपाध्यक्षसहित तलका पदमा निर्वाचन हुनेछ । नयाँ नेतृत्वका लागि शेखर गोल्छा र किशोर प्रधान समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यसैबीच गोल्छा समूहबाट आइतबार वस्तुगततर्फका उपाध्यक्षसहित सदस्यको उम्मेदवारी घोषणा गरिएको छ ।

प्रधानमन्त्री पुस्पकमल दाहालले साधारणसभाको उद्घाटन गर्नुहुनेछ । साधारणसधाले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि मंगलबार निर्वाचन हुनेछ । नयाँ विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएका कारण वरिष्ठ उपाध्यक्षसहित तलका पदमा निर्वाचन हुनेछ । नयाँ नेतृत्वका लागि शेखर गोल्छा र किशोर प्रधान समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.