यी हुन् मष्तिष्कलाई हानी पुर्‍याउने तत्व

यी हुन् मष्तिष्कलाई हानी पुर्‍याउने तत्व

हाम्रो जीवनमा केही यस्ता हानीकारक तत्व जुन मष्तिष्कको लागि निक्कै क्षति पुर्‍याउने खालको हुन्छ। मष्तिष्क मानिसको सोच्‍न सक्‍ने महत्वपूर्ण भाग हो। मष्तष्कलाई हानी गर्ने त्तवहरु के के हुन् ?

कीटनाशक औषधि
प्राय मानिसहरु धेरै फल फलाउनको लागि खेतबारीमा कीटनाशक औषधि हाल्‍ने गर्दछन्। तर यो कीटनाशक मानव स्वास्थ्यकव लागि निक्कै हानिकारक मानिन्छ। खास गरी मष्तिष्कको लागि धेरै नै खतरनाक मानिन्छ।

यही किटनाशकले बालबालिकाको दिमागमा समेत असर गर्ने गर्दछ। उनीहरुको दिमागलाई विकास हुनबाट रोक्दछ। यस कारण गर्भवती महिलाको लागि कीटनाशक निक्कै हानीकरक मानिन्छ।

पीबीडीई
यो एक प्रकारको रसायन हो। यो रसायनले नजानिदो तरिकाले फर्निचर, कपडा र केही घरेलु सामानमा समेत रहेको हुन्छ। यो रसायन हावामा समेत घुलेर रहेको हुनाले शरीरमा समेत पुग्‍ने खतरा हुन्छ।

धुँवा/धुलो
प्राय सडक र उद्योग कलकारखाना भएको क्षेत्रमा बढी धुलो वा धुँवा हुने गर्दछ। चाहे त्यो गाडीबाट निस्किने होस वा कोइला, चुरोटबाट निस्किने होस। यी सबैमा पीएएच अर्थात पोलिसाइक्लिक एरोमैटिक हाइड्रोकार्बन रहेको हुन्छ। यो शरीरमा पुगेपछि धेरै असर गर्दछ। एक शोधका अनुसार बालबालिकाहरुको शरीरमा यही धुलो, धुवाँले आइक्‍यू क्षमता ह्रास ल्‍याउँछ भने डिप्रेशनको समेत सिकार हुन सक्छ।

सीसा
खास गरी पेन्ट, पानीको पाइप, केबल, बालबालिकाको खेलौना आदिमा सिसा पाउने गरिन्छ। जुन शरीरको लागि निक्कै घातक मानिन्छ। किनकी यसले शरीरमा प्रवेश गरेर जमेर बस्छ र गर्भवती महिलाले जन्म दिने शिशुलाई असर गर्छ।

पारो
दैनिक रुपमा घरमा काम लाग्‍ने बल्ब, ब्याटरी, थर्मोमवटर आदिमा पारो राखिएको हुन्छ। पारो शरीरको लागि निक्कै हानीकारक मानिन्छ। किनकी यसले हाम्रो शरीरमा सञ्‍चार गर्नबाट रोक्दछ।यसले दिमागमा पनि चर्को असर गर्दछ।

पीसीबी
यस्तै इलेक्ट्रोनिक उपकरणहरुमा पीसीबी अर्थात पोली क्लोरीनेटेड बोयफिनाइल पाइन्छ। यसले शरीरको लागि क्षति पुर्‍याउने तत्व हो। यसले तान्त्रिक तन्त्रमाथि ठूलो क्षति पुर्‍याउँछ भने मानिसलाई पागलपन बनाउन सक्छ। यो पनि मष्तिष्कको लागि खतरा हुन्छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.