किन डराउँछन् सलमान आत्माकथा लेख्न ?
एजेन्सी : बलिउड फिल्ममा प्रायससो एक बहादुर र शक्तिशाली पात्रको भूमिका निमाउँन रुचाउँने अभिनेता सलमान खान आफ्नो आत्माकथा लेख्न डराउँछन्। हालै उनले यस कुरालाई आफैँले कबुल गरेका छन् की उनी आफ्नो आत्माकथा लेख्न सक्दैन् किनकी उनलाई त्योसँग डर लाग्छ ।
आशा पारेखाको आत्माकथा बिमोचन गर्ने कार्यक्रममा सलमान सहभागि भएको थिए । उक्त समारोहमा बोल्दै सलमानले भने 'मलाई लाग्छ आफ्नो बारेमा बायोग्राफी लेख्नु सबैभन्दा कठीन काम हो । म मेरो जीवनमा यो काम कहिल्यै गर्न सक्दिन ।' सलमानले आशालाई धन्याबाव दिए ।
उक्त समारोहमा सलमानले आशा पारेखलाई धन्यावाद दिँदै उनको पुस्तक पढ्न सबैलाई आग्रह गरे । आशाले पुस्तकमा आफ्नो जीवनका व्यक्तिगत र व्यावसायिक दुवै पक्षलाई समेटेको हुनाले हरेकको जीवनका लागि पुस्तक प्रेरणादायी हुने दावी समेत सलमानले गरे । आशाको जीवन कथामा लेखिएको 'आशा पारेख दी हिट गर्ल' पुस्तकको प्रस्तावना सलमान खानले लेखेका छन् ।
पुस्तक विमोचन कार्यक्रममा सलमानका अलवा धबेन्द्र, जितेन्द्र लगायतका बलिउड स्टारहरुको उपस्थिति थियो ।