पाण्डेलाई सर्वोच्चको सफाई
काठमाडाैंः नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिप जंग पाण्डे सर्वोच्च अदालतले सफाई पाएका दिएको छ । पाण्डेलाई २०७१ सालको चैत ६ गते काठमाडौं जिल्ला अदालतले जिल्ला अदालत काठमाडौंले पनि ०७१ चैत ६ गते भ्रष्टाचारी ठहर गरी जेल बाँकी कैद भुक्तान गर्न आदेश दिएको थियो ।
पाण्डेलागि खानेपानी कार्यालयको लेखा अधिकृत हुँदा आर्थिक अनियमितता गरेको अभियोगमा लागेको थियो । पछि सोको विरुद्धमा पाण्डे सर्वोच्च अदालत गएका थिए । सर्वोच्चका न्यायाधिशद्वय दीपकराज जोशी र तेजबहादुर केसीको संयुक्त इजलासले ०४२ सालमा तत्कालिन श्री ५ को सरकारले त्यही बेलाको अभियोगबाट नै पाण्डेलाई माफी दिइसकेकाले त्यसैलाई सदर गरिएको फैसला सुनावाई गरेको हुन् । सरकारबाट माफी भइसकेकोले सोही निर्णयलाई सदर गरिएको फैसलामा उल्लेख छ ।