ब्वाइफ्रेन्डका कारण दीपीकाले शाहरुखसँग काम गर्न अस्विकार गरिन्
एजन्सी: बलिउड अभिनेत्री दीपीका पादुकोणले ब्वाइफ्रेन्ड रणवीर कपुरको लागि बलिउड बादशाह शाहरुख खानसँग फिल्ममा काम गर्न अस्विकार गर्नुभएको छ।
दीपीका अहिले संजय लीला भंसालीद्वारा निर्मित पद्मावतीको सुटिङमा व्यस्त रहनु भएकाले शाहरुखसँग काम गर्न अस्विकार गर्नु भएको हो।
निर्देशक आनन्द एल राय शाहरुख र पदीपीकालाई लिएर फिल्म बनाउन खोजेको पनि दीपीकाको समय नमिलेकाले शाहरुखसँग काम गर्ने अवसर नजुटेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।
दीपीका पद्मवतीमा ब्वाइफ्रेन्ड रणवीर कपुरसँग सुटिङमा व्यस्त छिन् भने आनन्दको प्रोजेक्टमा काम गर्न समय मिलाउन कठिन भइरहेको छ। यता, शाहरुख खान फिल्ममा आफू काम गर्न तयार भएको निर्देशक आनन्द मेहताले बताउनु भएको छ।
यसअघि दीपीका र शाहरुखद्वारा अभिनित फिल्म 'ओम शान्ति ओम' सुपर डुपर हिट भएको थियो भने 'चेन्नाइ एक्सप्रेस' तथा 'ह्यापी न्यू इयर'ले बक्स अफिसमा दबदबा कायम गरेको थियो।