भेनेजुयला प्रदर्शनमा विद्यार्थी मारिए

भेनेजुयला प्रदर्शनमा विद्यार्थी मारिए

काराकासः भेनेजयुलामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एकजना विद्यार्थीको मृत्यु भएको छ । राष्ट्रपति निकोलस मादुरोका विरुद्धमा गरिएको प्रदर्शनका क्रममा मंगलबार प्रदर्शनकारी र प्रहरीबीच झडपभएपछि प्रहरीले गोली चलाएको थियो ।

प्रदर्शनकारी डानियल क्विेलिजलाई मंगलबार बिहानै भालेन्सिया सहरमा गोली लागेको प्रदर्शनकारीले जानकारी दिएका छन् । राष्ट्रपतिका विरुद्ध भएको प्रदर्शनका क्रममा एक सातामा अहिलेसम्म दुईजनाको मृत्यु भइसकेको छ । १९ वर्षीय आन्दोनलकारी जैरो अर्टिजको पनि बिहीबार प्रहरीको गोली लागी मृत्यु भएको थियो ।

हत्याको आशंका गरिएका एकजना प्रहरीलाई छानबिन सुरु गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति मादुरोलाई पदबाट हटाउन माग गर्दै भेनेजुयलामा केही सातादेखि आन्दोलन भइरहेको छ । राष्ट्रपति मादुरोले देशलाई आर्थिक र राजनीतिक संकटमा झन् झन् फसाउँदै लगेको प्रदर्शनकारीले आरोप लगाएका छन् ।

सोमबार भएको प्रदर्शनमा अरू ४० जनालाई हिंसात्मक गतिविधि गरेको अभियोगमा गिरफ्तार गरिएको छ । भेनेजुयलामा सोमबार पाँचौं दिनको झडप हो । भेनेजुयलामा गत केही सातामा भएका ठूला प्रदर्शनहरूमध्येको गत शनिबार भएको प्रदर्शनमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

राष्ट्रपति निकोलस मादुरो र उनको सरकारविरुद्ध भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न अ श्रुग्याँस समेत प्रहार गरेको थियो । विपक्षी दलका नेता हेनरिक काप्रिलेसलाई १५ वर्षसम्म राजनीति गर्न रोक लगाउने सरकारको निर्णयप्रति आक्रोशित भएकाहरूले बृहत् र्‍याली सहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा झण्डै ४ हजार सर्वसाधरण सहभागी थिए ।

भेनेजुयलाको समाजवादी आन्दोलनका पिता मानिने ह्युगो चाभेजको निधनपछि शक्तिमा आएका मादुरोसँग काप्रिलेस सन् २०१३ मा भएको राष्ट्रपतीय निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए ।

मादुरोको सरकारले केही दिनपूर्व ४४ वर्षीय काप्रिलेसलाई आगामी वर्ष आमनिर्वाचन हुन लागिरहेका बेला १५ वर्षे प्रतिबन्धको घोषणा गरेको थियो ।
घोषणासँगै सुरु भएको प्रदर्शन थप चर्को र बृहत् हुँदै गएको प्रदर्शनकारीले जनाएका छन् । —रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.