नीजि क्षेत्रमैत्री बजेट ल्याउने प्रधानमन्त्रीको घोषणा
काठमाडौ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठ १५ गते व्यवस्थापिका संसदबाट घोषणा गरिने बजेट नीजि क्षेत्रमैत्री हुने घोषणा गर्नु भएको छ । पूराना ऐन कानूनमा समयानुकूल परिमार्जन गरेर नीजि क्षेत्रमैत्री बजेट ल्याउने प्रधानमन्त्री प्रचण्डले घोषणा गर्नु भएको हो ।
नेपाल उद्योग बाणिज्य महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिसँग बिहिबार सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘सरकार र नीजि क्षेत्र वीच जति सहकार्य हुन सक्छ,त्यति छिटो विकास र समृद्धिमा जान सकिन्छ । देशमा राजनीतिक स्थिरता हुनासाथ विकास र निर्माणको गति पैदा हुनेछ ।’ सो अवसरमा प्रधानमन्त्री प्रचण्डले महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।