नेपाल आइडल आजदेखि

नेपाल आइडल आजदेखि

काठमाडौंः संगीतप्रेमी दर्शक श्रोताको व्यग्रप्रतीक्षा अब अन्त्य हुने भएको छ । बहुप्रतीक्षित संगीत रियालिटी शो ‘नेपाल आइडल' शुक्रबारदेखि एपी वन टेलिभिजनमा प्रसारण हुने भएको छ ।

पहिलो कार्यक्रम शुक्रबार राति ८ः४५ बजे प्रसारण हुनेछ । हरेक हप्ता बिहीबार र शुक्रबार नेपाल आइडल सोहि समयमा प्रशारण हुनेछ । कार्यक्रमका अरु गतिविधि समेटिएको नेपाल आइडल एक्स्ट्रा बुधबार राती ८ः४५ मा प्रसारण हुनेछ । कार्यक्रम सुरु हुनुपूर्व नै यू ट्युबमा लाखौं दर्शकले यसको प्रोमो हेरिसकेका छन् ।

नेपाल आइडल विजेताले पाउने २० लाख रुपैयाँ, १५ लाख रुपैयाँबराबरको सांगीतिक एल्बम र ३१ लाख ४५ हजार मूल्यबराबरको गाडीले यसको आकर्षण बढेको छ । यति ठूलो पुरस्कार राशि दिने नेपाली रियालिटी शो नेपाल आइडलमात्र हो । फ्रेन्चाइज लिएर नेपालमा सञ्चालन गरिएको पनि यो पहिलो कार्यक्रम हो । यसमा केवल गायनमात्र नभई प्रतियोगीको पारिवारिक पृष्ठभूमि र भावनात्मक पक्ष पनि देखाइन्छ । विश्वका ५० भन्दा बढि देशमा लोकप्रिय भइसकेको यस कार्यक्रमले दर्शकलाई भावनात्मक रूपमा कार्यक्रमसँग जोड्ने विश्वास लिइएको छ ।

कार्यक्रमको कुल ३२ वटा शृंखला प्रस्तुत हुनेछन् । प्रतियोगिताको निर्णायकमा न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा रहेका छन् । सुशील नेपाल र रीमा विश्वकर्माले कार्यक्रम प्रस्तुत गर्नेछन् । नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्ज, विराटनगर, पोखरा र काठमाडौंमा आइडलको अडिसन भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.