नयाँ वर्षमा नम्बर वान भिडन्त 

नयाँ वर्षमा नम्बर वान भिडन्त 

काठमाडौंः नयाँ वर्षको अवसर पारेर शुक्रबार तीनवटा नेपाली कथानक चलचित्र देशभर एकसाथ रिलिज भएको छ । दीपेन्द्र के खनाल निर्देशित ‘लभ लभ लभ', दीपेन्द्र लामा निर्देशित ‘घामपानी' र जगदीश्वर थापा निर्देशित ‘राधे' दर्शकमाझ आएका हुन् । यी तीन चलचित्रबीचको प्रतिस्पर्धा निकै रोचक र चलचित्र क्षेत्रमा चासोको विषय बनेको छ । तीनवटै चलचित्रले राम्रो ‘हाइप' पाउनुका साथै आआफ्नै महत्व बोकेकाले धेरैको ध्यान खिचेको हो ।

वर्ष २०७३ मा ‘पशुपतिप्रसाद'जस्तो सफल चलचित्र दिएका दीपेन्द्र के खनाल सफल र दर्शकको रुचि बुझ्नसक्ने निर्देशक मानिन्छन् । अन्य चलचित्रको सामना गर्न उनमा आत्मविश्वास पनि देखिएको छ । युवापुस्तालाई आकर्षित गर्नसक्ने आकलन गरिएको चलचित्र ‘लभ लभ लभ'बाट उनी ‘पशुपतिप्रसाद'को सफलता दोहोर्‍याउने दाउमा छन् । यस चलचित्रमा सुरज पाण्डे, स्वस्तिमा खड्का, रमेश बुढाथोकी, देशभक्त खनाल, रूपा राना, आयन खड्का, गणेश मुनाल, लक्ष्मी भुसाल, शारदा गिरीलगायतले अभिनय गरेका छन् ।

वर्ष २०७३ मा नम्बर वान अभिनेता अभिनेत्रीका रूपमा आफूलाई उभ्याएका दयाहाङ राई र प्रियंका कार्कीबीच नयाँ वर्षको सुरुमै प्रतिस्पर्धा देखिएको छ । धेरै चलचित्रमा एकसाथ अभिनय गरेका उनीहरू यसपटक फरकफरक चलचित्रका साथ दर्शकमाझ आएका हुन् ।

त्रिपक्षीय प्रतिस्पर्धामा पाखुरा सुर्केरै आएका छन् निर्देशक दीपेन्द्र लामा पनि । चलचित्र समीक्षाबाट ख्याति कमाएका सञ्चारकर्मी लामा चलचित्रको भित्री गुदी थाहा पाउनसक्ने व्यक्ति मानिन्छन् । आफ्नो डेब्यु निर्देशन भएकाले मेहनत पनि त्यत्तिकै गरेका छन् । पहिलो चलचित्रबाटै सफलताको स्वाद चाख्न लालायित लामा भन्छन्, ‘घामपानीको विषयवस्तुले नै दर्शकलाई आकर्षित गरेको छ ।' प्रेमकथाभित्र जातीय मेलमिलाप, अरूको संस्कृतिलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश रहेको यो चलचित्रमा दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, बुद्धि तामाङ, कविता आले, पुष्कर गुरुङ, सिल्सा जिरेल, प्रकाश घिमिरे आदिको अभिनय छ । यो चलचित्र उपत्यका र मोफसलका ७० भन्दा बढी हलमा लागेको छ ।

 

 

चलचित्र ‘राधे' पनि आर्कमक प्रचार अभियानका साथ पर्दामा उक्लिएको छ । अहिलेकी नम्बर वान मानिने नायिका प्रियंका कार्की र निखिल उप्रेतीले पहिलोपटक अभिनय गरेको यो चलचित्रप्रति पनि दर्शकको आकर्षण देखिन्छ । वर्ष २०७३ मा दर्शकमाझ आएको किङ, निर्भयजस्ता चलचित्रले खासै दर्शक तान्न नसकेका कारण यस चलचित्रमार्फत आफ्नो ‘स्टारडम' देखिने अपेक्षा गरेका छन् निखिलले ।

लामो समयको अन्तरालपछि आफैले निर्देशन गरेको चलचित्र भैरवबाट कमब्याक गरेका निखिल अभिनीत चलचित्रले प्रभावकारी व्यवसाय गर्न नसके पनि उनीप्रतिको आकर्षण भने घटेको छैन । त्यसमाथि राधेमा प्रियंकासँगको सहकार्य । साथमा आशिष्मा नकर्मी, प्रमोद अग्रहरि, शिशिर भण्डारी, सलोन बस्नेतले पनि यस चलचित्रमा अभिनय गरेका छन् ।

अर्को रोचक प्रसंग के छ भने वर्ष २०७३ मा नम्बर वान अभिनेता अभिनेत्रीका रूपमा आफूलाई उभ्याएका दयाहाङ राई र प्रियंका कार्कीबीच नयाँ वर्षको सुरुमै प्रतिस्पर्धा चलेको छ । धेरै चलचित्रमा एकसाथ अभिनय गरेका उनीहरू यस पटक फरकफरक चलचित्रका साथ दर्शकमाझ आएका हुन् । वर्ष २०७३ मा छक्का पन्जाजस्तो ‘ब्लकबस्टर' चलचित्र दिएकी प्रियंका यसै पनि अहिले दर्शकले रुचाएकी नायिका हुन् भने दयाहाङ अझै पनि हटकेक मानिन्छन् । उनले वर्ष २०७३ मा लुट २, वीरविक्रमजस्ता सफल चलचित्र दिएका छन् । दयाहाङको घामपानी र प्रियंकाको राधेले उनीहरूको यो वर्षको संकेत पनि गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.