कोपिलाले जितिन् मिस मध्यपश्चिमकाे उपाधि

कोपिलाले जितिन् मिस मध्यपश्चिमकाे उपाधि

नेपालगन्ज: मिस मध्यपश्चिमको उपाधि नेपालगञ्जकी कोपिला रावतले जित्नु भएको छ। मिस मध्यपश्चिम प्रतियोगितामा १० जनालाई उछिन्दै कापिलाले मिस मध्यपश्चिमको ताज पहिरिनु भएको हो।

प्रतियोगितामा खजुराकी सरु भण्डारी फस्ट रनर अप र साई गाउँकी सपना खानले सेकेण्ड रनर अपको उपाधि हात पार्नु भएको छ। मिस मध्यपश्चिमको उपाधि चुमेकी रावतले मिस एलिगेन्सको उपाधिसमेत जित्नु भएको छ। फस्ट रनर अप भण्डारीले मिस डिसिप्लिन र सेकेण्ड रनर अप खानले कन्जेनिलिटीको उपाधिसमेत जित्नु भएको छ।

स्नेह होटलमा शुक्रबार अबेर राति भएको प्रतियोगितामा कोहलपुरकी प्रियंका पुन मगर मिस पपुलर, बर्दिया सौरहवाकी गरिमा खनाल मिस वेस्ट फिगर, नेपालगन्जकी सृजना सिंह ठकुरी मिस पपुलर, बाँसगढीकी निरु लामिछाने मिस वेस्ट स्किन, कोहलपुरकी प्रेक्षा रिमाल मिस वेस्ट स्माइल, नेपालगन्जकी सुरक्षा गिरी मिस वेस्ट हेयर र नेपालगन्जकी सुस्मिता परियार मिस फोटो जेनिकको उपाधि जित्नु भएको छ।

प्रतियोगिताको निर्णायकको भूमिका नेपालगन्जकी समाजसेवी शशी स्वाँर, आराधना वैश्य, ममता जलान र अर्जुन सिग्देलले निर्वाह गर्नु भएको थियो। ब्लुओरिजिल प्राइभेट लिमिटेडको आयोजनामा प्रत्येक वर्ष मिस मध्यपश्चिम प्रतियोगिता सञ्चालन हुँदै आएको अध्यक्ष पवन श्रोत्रियाले जानकारी दिनुभयो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.