ती ग्रामीण गोरेटा
उइया गाउँ विकास समिति गोरखा जिल्लाको एउटा विकट पहाडको टाकुरामा अवस्थित छ । जहाँबाट मनास्लु र गणेश हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । मूलतः गुरुङ जातिको बसोबास रहेको उइया गाउँमा दलित समुदायको पनि उल्लेख्य उपस्थिति रहेको छ । यस गाउँका अधिकांश पुरुषहरू कामको सिलसिलामा काठमाडौं, अरब वा मलेसिया गएकाले अचेल उइया गाउँ महिलाहरू मात्रको गाउँ बनेको छ ।
रोजगारीका लागि ठूलो संख्यामा युवा शक्ति विदेश पलायन भएकाले ज्येष्ठ नागरिक, महिला र बालबालिकाहरू असुरक्षित सामाजिक र आर्थिक वातावरणमा जीवन गुजार्न बाध्य भएका छन् । पारिवारिक सम्बन्धहरूमा आएका दरारका कारण महिलाहरू अनेक समस्या भोग्न बाध्य भएका छन् ।
सीमित नेपाली बोल्ने र एकल महिला वा आमा भएका कारण धेरै उइयालीहरूले आफूले पाउनुपर्ने भूकम्पको राहत लिन समेत कठिनाइ भोगे । यस गाउँलाई नजिकैको बजार र समस्त देशसँग जोड्ने एउटैमात्र गोरेटो बाटो भूकम्पले भत्काएपछि भने स्थिति झन् कष्टकर बनाइदिएको छ । ‘गाउँ पुग्ने एउटै बाटो भनेको खतरनाक भीरमा घाँस र रूखका जरा समाएर हिँड्नु नै हो । त्यो अत्यन्तै असुरक्षित बाटो थियो ।', उइयामा सञ्चालित एलजीसीबीटी कार्यक्रमका सामाजिक परिचालिका सुनकुमारी गुरुङ भन्छिन्, ‘यस गाउँ पुग्ने गोरेटो बाटो हिँड्नै नसक्ने गरी भत्किएका कारण भूकम्प गएलगत्तै गाउँमा कुनै प्रकारका खानाहरू लान निकै गाह्रो भयो ।'
नेपालभर धेरै गाउँ र बस्तीहरू छन् जुन मूल सडकसँग जोडिएका छैनन् । गोरेटो बाटोहरू नै यहाँ बस्ने मानिसका लागि दुर्गम ठाउँहरू जोड्ने सबैभन्दा महत्ववपूर्ण माध्यम बनेको छ । यहाँका गोरेटो बाटोहरूले अप्ठ्यारा घुमाउरो भू-भाग हुँदै हिउँले ढाकिएका अग्ला हिमालदेखि कयौं उकालीओराली पहाड छिचोल्दै विकट गाउँहरूलाई बाँच्नका लागि अत्यावश्यक बजार, अस्पताल र सरकारी सेवाहरूसँग जोडेका छन् ।
पुुरुषहरूको कमी भएको स्थितिमा महिलाहरू नै उइयाको पुुनर्निर्माण र पुुनःआकार दिन लागि परेका छन् । गोरेटो बाटोले ल्याएको रोजगारीका अवसरहरूले सुुनुुवार समुुदायका एकल महिलालाई आर्थिक सम्पन्नतातर्फ अघि सारेको छ ।
वि.सं. २०७२ सालको भूकम्पपछि देशैभरि कयौं गोरेटो बाटोहरू र झोलुंगे पुलहरू क्षतिग्रस्त भएका छन् । त्यसमध्ये धेरैजसो पूर्णरूपमा सम्पर्क बाहिर छन् । भूकम्प गएपश्चात्का भारी वर्षा र पहिरोका कारण भत्किएका गोरेटोहरूलाई अझै क्षति पुगेको छ भने दुर्गम पहाडमा बस्ने मानिस सम्पर्कविहीन हुन पुगेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा प्रकाशित पोस्ट डिजास्टर रिकभरी फ्रेमवर्क (पीडीआरएफ) का आधारमा सन् २०१६÷१७ सालमा गोरेटो र पुलहरूको पुनस्र्थापनाका लागि दुई अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ जुन सरकारको प्राथमिकतामा पर्दछ । प्राधिकरणले भूकम्प पीडितहरूलाई केही मात्रामा राहत रकम वितरण गरेता पनि पुनर्निर्माण कार्य अत्यन्तै सुस्त गतिमा छ भने विकट गाउँहरूमा बसोबास गर्दै गरेका जनता यसबाट अनभिज्ञ छन् ।
अहिले विस्तारै उइयाले फरक मोड लिएको छ । यहाँको जीवन सामान्य बन्दैछ । केही घरका सदस्यहरू अझै पनि अस्थायी टहराहरूमा बस्दैछन् भने प्रायः सबै घरहरू पुनर्निर्माण गरिसकिएको छ । भर्खरै पुनस्र्थापित पाँच किलोमिटर लामो उइया-तातोपानी गोरेटो खण्डले उइयालाई तातोपानी र माछाखोलाका मुख्य व्यापारिक केन्द्रहरूसँग जोडेको छ । जसले गर्दा खाद्यवस्तुलगायतका सरसामानहरूको मूल्य घटेको छ । यसबाहेक, उइयाबाट सक्रिय रूपमा गोरेटो पुनस्र्थापनाका लागि खटेका केहीलाई उमेरका आधारमा रकम पनि विनियोजन गरिएको थियो । प्रायः आफ्ना पतिसँग आर्थिक रूपमा परनिर्भर रहेका धेरै महिलालाई गोरेटो पुनस्र्थापना कार्यक्रमले आम्दानी गराएको छ भने सँगसँगै थप अवसरका ढोकाहरू खोल्दै जीवनस्तर वृद्धिमा सहयोग पुर्याएको छ ।
कुमारी घलेको विवाह भएको आठ वर्ष भयो । दुई वर्षअघि सुरक्षा गार्डका रूपमा काम गर्न अफगानिस्तान गएका उनकी पति अझै फर्केका छैनन् । आर्थिक रूपमा स्वतन्त्र हुने उद्देश्यका साथ उनले उइयामा किराना पसल खोलेकी छिन् । ‘अब गोरेटो पुनप्र्रयोग गर्न हुने भएकाले मैले पसलमा बेच्न तातोपानीबाट दाल, चामल, चिनी र तेल ल्याउँछ', उनी भन्छिन्, ‘यी सामानहरू किन्न गाउँलेहरू मेरो पसलमा आउँछन् । यही आम्दानीले मैले आफैंलाई र परिवारलाई हेर्न सकेको छु ।' कुमारीका लागि उनको नयाँ व्यवसायले उनलाई घरको पैसा कमाउने मान्छेका रूपमा स्थापित गरेको छ । आजभोलि पतिले पैसा पठाइदेलान् भनेर पर्खने गरेकी छैनन् ।
‘हाम्रो भाग्य यस्तो छ कि हरेक वर्ष लगाएको बाली बर्सेनि झरीले लग्छ', प्रेम माया सुनुवार बताउँछिन् । उनी तीन बच्चाका साथ दलित बस्तीमा बस्दै आइरहेकी छिन् । भूमिहीन भएकै कारण जति महँगो भए पनि खाद्य सामग्री किन्न उनी बाध्य थिइन् । ‘कुनै समय थियो जुनबेला मेरा बच्चाहरू भोको नरहुन् भनेर मैले मेरै भाग खाना दिन्थेँ । गोरेटो बाटो नहुँदा र सीमित पहुँच भएका कारण मैले दोब्बर पैसा पनि तिरेको छु', उनी सम्झन्छिन् । प्रेममाया जस्तै धेरैले एक छाक खाना नखाने र भएको सम्पत्ति बेचेर भए पनि आफ्ना बालबालिकालाई भोकै नराख्ने बाटोको सहारा लिन बाध्य भएका थिए । ‘३० किलो चामलको लागि पाँच हजार रुपैयाँ तिर्नुबाहेक अरू केही उपाय नै थिएन । अब गोरेटो प्रयोग गर्न मिल्ने भएदेखि त्यति नै बराबरको सामान २७ सय रुपैयाँमा पाउन थालेको छ', उनी भन्छिन् ।
रसमाया सुनुवार उनकी छोरी र तीन नातिनातिनाहरूसँग बस्छिन् । आयआर्जनको कुनै बाटो नभएका कारण उनले भूकम्पले क्षति पुर्याएको घर पुनर्निर्माण गर्न सकेकी छैनन् र जाडोसँग जुध्दै पालमुनि बस्न बाध्य छिन् । उनकी छोरी तेलमाया पतिद्वारा पीडित छिन् । परिवारको सम्पूर्ण आर्थिक भार रसमायाले नै बोक्नु परेको स्थिति छ । उनी बजारदेखि उइयासम्म सामान ओसार्ने भरियाका रूपमा काम गर्थिन् । ‘यो बाटो तल माथि हिँड्न निक्कै जोखिमपूर्ण थियो', तेलमाया भन्छिन्, ‘माछाखोलासम्म पुग्न पूरा दुई दिन लाग्थ्यो तर अब गोरेटो पुनर्निर्माण पछि यो बाटो म एकै दिनमा हिँड्न सक्छु र मेरो बच्चाहरूसँग समय बिताउने गर्छु ।'
धनकुमारी, प्रेममाया र तेलकुमारीमात्रै एक्लो पात्र हैनन् । उइयामा प्रायः सबै महिलाका पति कि त कामबाट फर्केका छैनन् कि त उनीहरूलाई छोडेर गइसकेका छन् । मञ्जु सुनुवारकी पतिले उनलाई काठमाडौंमा विवाह गरे र गर्भवती भएपश्चात् विवाहका सबै प्रमाणहरू (प्रमाणपत्र, फोटोहरू) नष्ट गरे र छोडेर गए । मञ्जुलाई उनको पतिको घर ठेगाना र फोन नम्बर केही थाहा छैन ।
हाल मञ्जु उइयास्थित बुवाको घरमा आफ्ना छोरासँग बस्छिन् । अरूको खेतको हेरचाह गरेर उनी केही पैसाको जोहो गर्छिन् भने भर्खरै गोरेटो बाटो पुनर्निर्माण गरेबापत केही आयआर्जन गरेकी छिन् । ‘यति पैसाले मेरो छोराको लागि लुगा र औषधि किन्न सक्नेछु ।' यो स्थितिको लागि न्याय खोज्न लड्दैनौ त ? भन्ने प्रश्नमा उनले हिच्किचाउँदै टाउको हल्लाउँदै भनिन्, ‘न्यायका लागि लड्न मसँग पैसा कहाँबाट ल्याउनु ? बरु म आफैंलाई र छोरालाई स्याहार्न खर्चन्छु ।'
पुरुषहरूको कमी भएको स्थितिमा महिलाहरू नै उइयाको पुनर्निर्माण र पुनः आकार दिन लागि परेका छन् । गोरेटो बाटो खुलेर बजारसँग जोडिएलगत्तै गाउँका धनकुमारीजस्ता महिलाहरू उद्यमीका रूपमा अघि सर्दैछन् । एकातर्फ गोरेटो बाटोले ल्याएको रोजगारीका अवसरहरूले सुनुवार समुदायका एकल महिलालाई आर्थिक सम्पन्नतातर्फ अघि सारेको छ । अर्कोतर्फ भने बजार भाउ नियमन भई सरसामानहरू किफायती र सर्वसुलभ बन्न पुगेको छ ।
दाउरा टिप्नेजस्ता दैनिक गर्नुपर्ने घरधन्दा गर्ने बालिकाहरूका लागि पनि गोरेटो बाटोले सहजता ल्याइदिएको छ । साथै महिलाहरूलाई पनि बिना कुनै डर बजार आवत्जावत गर्न र स्वास्थ्यचौकी जान सहज बनाइदिएको छ । ‘छिट्टै नै हामी खच्चरको प्रयोग गरेर सरसामान ल्याउने छौं र बजारभाउ अझै घट्ने छ । हामी राम्रो भविष्यको पर्र्खाइमा छौं' निकै आशावादी देखिएकी सुनकुमारी भन्छिन् ।