ग्यारेथ बेल एल क्लासिकोका लागि ‘फिट’
काठमाडौंः रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेल एल क्लासिकोका लागि फिट भएका छन्।
ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको रियल मड्रिडले आइतबार राति बार्सिलोनाको सामना गर्दैछ। खुट्टामा लागेको चोटका कारण च्याम्पियन्स लिग फुटबलमा वार्यन म्युनिखविरुद्धको खेल गुमाएका बेल एल क्लासिकोका लागि भने फिट भएको क्लबले जनाएको छ।
क्लबका प्रशिक्षक जिनेदिन जिदानले बेल एल क्लासिकोका लागि पूर्ण रुपमा फिट भएको बताएका छन्। बेलले पूर्णरुपमा फिट भएपछि जिदानले बार्सिलोनाविरुद्ध क्रिष्टियानो रोनाल्डो, करिम बेन्जिमा र बेललाई नै अग्रपंक्तिमा खेलाउने सक्ने छन्।