आइपीएल क्रिकेटमा मुम्बईद्वारा दिल्ली १४ रनले पराजित
काठमाडौः इन्डियन प्रिमियर लिग क्रिकेटमा शीर्ष स्थानमा रहेको मुम्बई इण्डियन्स विजयी भएको छ। गएराति भएको खेलमा मुम्बईले दिल्ली डेयरडेभिल्सलाई १४ रनले पराजित गरेको हो।
मुम्बईले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २७ रनमा समेटियो। दिल्लीका लागि क्रिस मोरिसले अविजित ५३ र कागिसो राबडाले ४४ रन जोडे पनि टोलीको हार भने टार्न सकेनन्।
मुम्बईका लागि मिचेल म्याक्लिनघानले तीन तथा जसप्रित बुर्माहले दुई र हार्दिक पाण्डेयले एक विकेट लिएका थिए। यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४२ रनको योगफल तयार पारेको थियो। मुम्बईका लागि जस बट्टलरले २८, किरोन पोलार्डले २६ तथा हार्दिक पाण्डेयले २४ रन बनाए।
दिल्लीका प्याट कुमिन्स र अमित मिश्रले दुई–दुई विकेट लिए भने कागिसो रबादाले एक विकेट हात पारे। मुम्बई ७ खेलबाट १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। ६ खेलबाट चार अंक जोडेको दिल्ली अंक तालिकाको पाँचौं स्थानमा छ ।