एक्ली मुस्लिम महिला रेफ्री

एक्ली मुस्लिम महिला रेफ्री

नेपालगन्नेजः नेपालमा ब्याड्मिन्टन खेलको एकमात्र मुस्लिम महिला अम्पायर हुन्, २३ वर्षीया समन एक्वाल । सानै उमेरमा ब्याड्मिन्टनको रेफ्री बनेर उनले अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेलाइसकेकी छन् । नेपालगन्जकी समनले, अन्नपूर्ण पोस्ट्ले काठमाडौंमा आयोजना गरेको कर्पोरेट ब्याड्मिन्टन प्रतियोगितासमेत कुशलतापूर्वक खेलाएकी थिइन् । यतिबेला पनि उनी अन्नपूर्ण पोस्ट्ले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करणमा सोही भूमिकामा देखिने तयारीमा छिन् ।

‘अहिले झन् नयाँ उत्साह थपिएको छ, आफ्नै ठाउँमा हुन लागेको यति ठूलो प्रतियोगितामा रेफ्री हुँदैछु', उत्साहपूर्ण हाँसोसँगै उनले भनिन् ‘म त आफूलाई लक्की नै ठान्छु र, यो ठूलो अपरच्युनिटी पनि हो ।' कमर्समा स्नातक सकेर हिमालयन बैंकमा जागिर खाइरहेकी समन अहिले कानुनमा पनि स्नातक गर्दैछिन् । कानुन पढ्ने उनको पहिलादेखिकै रहर थियो । ‘आफ्नै समुदायमा भइरहेका अन्यायका विरुद्ध वकालत गर्नेछु', उनी भन्छिन्, ‘त्यसैले कानुन पढ्न लागेकी हुँ ।'

उनको अनुहारमा बुर्का छैन । आफूले चाहेको अनि बजारमा चलेकै फेसन गर्छिन् तर, उत्ताउलोपन उनलाई मन पर्दैन रे । मुस्लिम समुदायमा त्यो पनि महिलाले यस्तो वातावरण कमैले पाउँछन् । र, त उनले पटकपटक आफूलाई भाग्यमानी ठान्छिन् । ‘मेरै वरिपरिका केटीहरूलाई देख्छु, आफैलाई कस्तो कस्तो लाग्छ । त्यहाँ आफूलाई राखेर हेर्छु, ओहो अल्लाहले त मेरो राम्रै भाग्य बनादिएका रहेछन्, नत्र मेरोजस्तो खुल्ला दिल भएका बाबुआमा पाउने थिइनँ', उनी भन्छिन् ।

परिवारमा उनलाई कहिल्यै कुनै रोकतोक भएन । उनका बुवा सधैं उनलाई भन्ने गर्छन् रे, ‘समाजमा कस्ले के भन्छ, त्यो नहेर्नु, बस् आफू कति सही छु वा गलत छु भन्नेमात्रै हेर्नु र सधैं सही बाटोमा हिँड्नु, नमाजमा छोरी मान्छेको बारेमा नराम्रो कहीँ लेखेको छैन ।' स्कुले जीवनमा उनी भलिबल खेलाडी थिइन् । स्कुल स्तरका थुप्रै प्रतियोगिता पनि खेलेकी छन्, उनले । तर, ९ कक्षामा पढ्दा उनलाई ब्याड्मिन्टनको रहर पलायो । र, उनले त्यसैमा अभ्यास गर्न थालिन् । खेल्दै जाँदा उनमा ब्याड्मिन्टनको नशै लाग्यो ।

 

उनले धेरै स्थानीयस्तर र राष्ट्रियस्तरका ब्याड्मिन्टन पनि खेलिसकेकी छन् । उनको खेलप्रतिको समर्पण देखेरै होला एकदिन उनका कोचले एउटा अफर गरे ‘अब तिमी रेफ्री बन ।' उनले केही नसोची त्यो अफर स्वीकार गरिन् । केही समय अनौपचारिक सिकाइकै भरमा उनले धेरै खेलहरू खेलाइन् । र, गत डिसेम्बरमा उनले नेपालगन्जमै नौ दिनको अम्पाएर कोर्स पनि गरिनन् ।

शिक्षित मुस्लिम परिवारकी उनी यसअघि सामाजिक क्षेत्रमा पनि काम गर्थिन् । उनकी आमा मैमुना सिद्धिकी पनि सामाजिक अभियन्ता हुन् । मुस्लिम महिला अधिकारका लागि उनकी आमा र साथीहरू मिलेर नेपालगन्जमा फातिमा फाउन्डेसन खोलेका थिए । समनले पनि केही समय सामाजिक कार्यकर्ता भएर काम गरिन् । ब्याड्मिन्टनमै आफ्नो भविष्य देखेकी समनलाई कानुन पढेर समाजका लागि केही गर्ने इच्छा पनि छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.