यो रहस्यमयी कुवा जहाँबाट प्रकाश आउँछ !
एजेन्सी: यो संसारमा धेरै रहस्यमयी चीजहरु रहेका छन्। तीमध्ये पोर्चुगलमा एउटा यस्तो कुवा हो जहाँबाट आफैं प्रकाश निक्लिने गर्दछ।यो प्रकाशल कसरी र कहाँबाट आयो भनेर कसैले पत्ता लगाउन सकेका छैनन्।
बताइए अनुसार यो कुवा हजारौ वर्ष पुरानो र विश्वकै धरोहर घोषित गरिएको छ। यहाँका मानिसहरु यो कुवामा सिक्का हालेर आशिर्वाद माग्ने गरेका छन्।
हेर्दा यो कुवा भव्य र सभ्य तरिकाले बनाइएको छ। साथै भित्र ग्यालेरी पनि बनाइएको यो कुवामा ९ वटा आकृति देखिन्छ। त्यहाँको स्थानीयका अनुसार ९ नम्बरको आकृति स्वर्गको हुने विश्वास रहीआएको छ। उक्त कुवाबाट एलइडी लाइट जस्तै जाज्वल्यमान प्रकाश आइरहेको हुन्छ।