अमेरिकाको बोस्टनमा नेपाली नाटक

अमेरिकाको बोस्टनमा नेपाली नाटक

काठमाडौं : अमेरिकाको बोस्टनमा अवस्थित 'हिमालयन हेरिटेज कल्चर एकेडेमी'मा कृष्ण शाह यात्रीको परिकल्पना र निर्देशनमा नाटक 'अर्थात् पात्रहरू' मञ्चन गरिएको छ । नाटक मञ्चनसँगै कला, साहित्य, संस्कृति एवं सम्पदा क्षेत्रमा सन् २०१५ देखि क्रियाशील एकेडेमीले आफ्नै प्रेक्षालयमा 'नाटक लेखन, अभिनय र नाट्य प्रस्तुति' विषयको नाट्य कार्यशाला आयोजना गरेको छ ।

कार्यशालामा बोस्टनमा अवस्थित डेढ दर्जन नाट्यकर्मी एवं साहित्यकार सहभागी थिए । नाट्य कार्यशालाबाट तयार पारिएको नाटकमा सुरेश वाग्ले, रोशनी खनाल, लालगोपाल सुवेदी, ममता कमाचार्य, दीपा राई पुन, सागर शंकर, लक्ष्मी खनाल, अनुभव थपलिया, गौरवी काफ्ले, स्वयं पोखरेल लगायतले अभिनय गरेका थिए । नाटकमा श्याम नेपालीले पाश्र्व संगीत दिएको निर्देशक यात्रीले जानकारी थिए ।

नाटकले घाटे जीवनको पीडा समेट्नुका साथै मानिसले मृत्युपश्चात आफ्ना शव गाड्नका लागि ठाउँको जोहो गर्न गरेको संघर्षको कथा बोलेको छ । समसामयिक विषयमा केन्द्रित नाटक 'अर्थात् पात्रहरू'लाई दर्शकले निकै रुचाए । 'हामीले गीत, संगीत, नाटक र संस्कृति विधामा प्रस्तुति दिने उद्देश्य लिएका छौं', कार्यक्रम संयोजक सुरेश वाग्लेले भने, 'यसपटक नाटक रोजेका हौं ।' कार्यशालाबाट तयार पारिएकामध्ये उत्कृष्ट १० नाटक समेटेर 'बोस्टनमा नाटक' नामक पुस्तक निकाल्ने तयारीसमेत भइरहेको वाग्लेले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.