छिमेक सम्बन्धले सिर्जेका व्यथा

छिमेक सम्बन्धले सिर्जेका व्यथा

नेपाल भारत दुवै परापूर्वकालदेखिका छिमेकी मित्रहरू हुन् । यी दुवै राष्ट्रहरूबीच ऐतिहासिक मात्र नभएर पौराणिककालदेखि नै नजिकको सम्बन्ध रहँदै आएको छ, जुन कुरा विश्वमै उदाहरणीय रहेको पाइन्छ । यी दुवै राष्ट्रबीच प्राचीनकालदेखि नजिकको सम्बन्ध मात्र रहेको छैन, दुवै राष्ट्रबीच राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समानतासमेत रहेका छन् । यी दुवैको आकार र दुवैले एकअर्काप्रति गर्ने व्यवहारमा भने भिन्नता पाइन्छ ।

krishna-belbaseभारत जनसंख्या एवं भौगोलिक हिसाबले विश्वकै ठूला राष्ट्रहरूको कोटीमा पर्छ भने आर्थिकरूपमा दक्षिण एसियाको शक्तिशाली राष्ट्र मानिन्छ । नेपाल भारतसँग यीमध्ये कुनै पनि विषयमा तुलनायोग्य छैन । यी विषयबाहेक सभ्यता, संस्कृतिको निर्माण र विकासजस्ता विषयमा नेपाल भारतभन्दा कत्ति पनि कमजोर छैन, बरु धेरै विषयमा अग्रणी स्थानमा रहेको छ । यससँगै वीरता र स्वाभिमानको हिसाबले पनि नेपाल भारतभन्दा अगाडि छ । यो कुन अर्थमा भने भारत कहिले हुण, कहिले यवन, कहिले मुस्लिम त कहिले अंग्रेज गरी शदीयौं विदेशीहरूको अधीनमा रह्यो । तर नेपालले कहिल्यै विदेशीहरूको दासता स्वीकार्नु परेन ।

यतिबेला भारत दक्षिण एसियाको प्रमुख र विश्वको उदीयमान शक्ति राष्ट्रको श्रेणीमा पर्छ । आफ्नो नजिकको र धेरै विषयमा समानता राख्ने छिमेकी राष्ट्र विश्व शक्तिको गणनामा पर्नु नेपालको लागि खुसीकै विषय हो । 'हुने होस्, न दिने होस्' भन्ने आदर्श वाक्‍यलाई शिरोधार्य गर्दै नेपाल र नेपालीहरू सदैव भारतको स्वाधीनता, मुक्ति र प्रगतिको पक्षमा रहँदै आएका छन् । तर भारत भने सभ्यता, संस्कृति, सौर्य, स्वाभिमान र प्राकृतिक साधन एवं स्रोतको धनी नेपाललाई अपमानित एवं कमजोर तुल्याउने उद्देश्यबाट निर्देशित रहेको छ । यसको लागि ऊ साम, दाम, दण्ड, भेद जुनसुकै उपायहरू प्रयोग गरेर भए पनि नेपालीलाई गलाउने र नेपाललाई आफ्नो पोल्टामा पारेर नेपाली सभ्यता-संस्कृतिसँगै यहाँको साधनस्रोतमा आधिपत्य जमाउने दाउमा छ ।

भारतले यस किसिमको दुष्ट व्यवहार उसलाई उपनिवेश बनाउने पश्चिमा शक्ति राष्ट्रहरूबाट सिकेको हो र अब ऊ पश्चिमाहरूको सुयोग्य उत्तराधिकारीका रूपमा आफ्ना छिमेकीविरुद्ध यस किसिमका व्यवहारहरू प्रदर्शन गर्न खप्पिस भइसकेको छ । जसले गर्दा यतिबेला दक्षिण एसियाका राष्ट्रहरू असुरक्षा, अविश्वास र अनिश्चिततामाझ बाँच्न विवश भएका छन् । यसरी सिंगो दक्षिण एसियालाई अशान्त क्षेत्रमा परिणत गरेर भारत दक्षिण एसियाको मुखिया र विश्वको महाशक्ति बन्ने सपना साँचिरहेको छ, तर सिंगो दक्षिण एसियालाई अशान्त तुल्याएर आफू यस क्षेत्रको नाइके बन्न सहज छैन भन्नेमा भारतीयहरूको ध्यान पुगेको देखिँदैन ।

हो, यसो गर्दा साम्राज्यवादी शासनको थिचोमिचोका प्रभावले भारतीयहरूमा विकसित विकृत मनोग्रन्थिको तुष्टि भने सम्भव हुन सक्छ । कारण दक्षिण एसिया क्षेत्रमा चीन र पाकिस्तान जस्ता राष्ट्रहरू पनि छन्, जो भारतको विस्तारवादी अभीष्ट पूरा हुन नदिन कटिबद्ध छन् । जुन कुराले भारतीय दादागिरीमा धेरै हदसम्म नियन्त्रण सम्भव भएको छ । जसले यस क्षेत्रका साना एवं कमजोर मुलुकहरूका लागि थोरै मात्र भए पनि राहत प्रदान गरेको छ । भारत आफ्नो व्यवहारका कारण आफैं बद्‍नाम र असुरक्षित बनिरहेको छ ।

दक्षिण एसियामा मिचाहा व्यवहार गर्न तम्सिने मुलुक भारत आफू नै पनि आन्तरिक एवं बाह्‍यरूपमा सुरक्षित देखिँदैन । आन्तरिक रूपमा यतिबेला त्यहाँ हिन्दुत्वको नाममा फासीवादको विकास हुँदैछ । जुन कुरोले गर्दा त्यहाँका धार्मिक अल्पसंख्यक एवं विपक्षी राजनीतिक विचारका समर्थकहरूले आफूहरूलाई असुरक्षित अनुभव गरिरहेका छन् । यतिबेला गोरक्षाको नाममा भारतका विभिन्न भागमा भइरहेको आतंकले जनता आक्रोशित बन्दै गइरहेका छन् । प्रधानमन्त्री स्वयंले गोरक्षाको नाममा ७०÷८० प्रतिशत गुन्डागर्दी भइरहेको बताए पनि सरकारले त्यसको नियन्त्रणमा कुनै ठोस कार्य गर्न सकेको छैन । लामो समयदेखि कश्मीरमा जारी पृथकतावादी आन्दोलनले अझ झन् उग्र स्वरूप धारण गर्दै गएको छ ।

आन्दोलनमा युवाको संलग्नतामा वृद्धि हुन पुगेकाले सरकार अप्ठेरोमा पर्दै गएको छ । देशका अनेकौं भागमा कश्मिरी छात्र एवं युवामाथि अभद्र व्यवहार गरिएका घटना देखा परिरहेका छन् । देशका विभिन्न भागमा किसान कहिले मृतक किसानको खप्परसहित धर्ना, कहिले मुत्रले भरिएको बोतलसहित जुलुस प्रदर्शन त कहिले खाद्यान्नमा आगो लगाउँदै सरकारका किसानविरोधी नीति एवं कार्यशैलीको विरोध गरिरहेका छन् । यसै अवधिमा नक्सलवादीहरूले आफ्ना आक्रमणहरूलाई तीव्रता दिन थालेका छन् ।

यससँगै बाह्‍यरूपमा, भारतीय मिडियाहरूले पाकिस्तानले कश्मीरमा अपरेसन टोपाक- २ सञ्चालन गरिरहेको बताउँदै अब भारतले 'घातक ड्रोन' को विकास गरेर पाकिस्तानलाई भारतमै बसी बसी आक्रमण गर्ने विषयलाई प्रचारमा ल्याएका छन् । यसले भारतको पाकिस्तानसँगको सम्बन्ध धेरै हदसम्म बिग्रिसकेको देखाउँछ । अर्कोतिर भारतले चीनमाथि आफ्नो अरुणाञ्चल प्रदेशका केही भूभागमा हस्तक्षेप गरेको आरोप लगाएको छ ।

चीनले उक्त प्रदेशका पाँचवटा जिल्लालाई दक्षिणी तिब्बतको भूभाग बताउने गरेको र ती जिल्लाको नामनै चिनियाँ भाषामा राखेको भन्ने खालका समाचार भारतीय मिडियाहरूबाट प्रसारण भइरहेका छन् । पाकिस्तान र चीन दुवै राष्ट्रहरूविरुद्ध भारतको आरोप उनीहरूले भारतीय भूभागमा निरन्तर घूसपैठ गरिरहेको भन्ने रहेको देखिन्छ । यससँगै भारतीय मिडियाहरूको जोड सरकारले ती विषयको कडा प्रतिवाद गर्नुपर्छ भन्ने छ । यसरी नरेन्द्र मोदीको नेतृत्वमा भारतले आफ्ना दुई प्रतिस्पर्धी छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सामान्यीकरण गर्नुको सट्टा अझ झन् खराब बनाउँदै लगेको देखिन्छ । नेपाल भारत सम्बन्धसमेत यसको अपवाद रहेको छैन ।

भारतको चीन र पाकिस्तानभन्दा नेपालसँग भिन्न खालको सम्बन्ध छ । माथि चर्चा गरिएजस्तै यो सम्बन्ध प्राचीन मात्र नभएर बहुआयामिक र निकट पनि छ, जसको प्रमाण अझै दुवै देशबीचको खुला सिमानालाई मान्न सकिन्छ । तर भारतले दुवै देशबीचको सम्बन्धलाई नजिकका मित्रहरूबीच हुनुपर्ने भन्दा फरक रूपमा हेर्ने र विकास गर्ने चाहना गरिरह्‍यो । जसले गर्दा दुवै देशबीच कहिल्यै आत्मीय सम्बन्धको विकास हुन सकेन । त्यसैले नेपालको लागि भारतसँगको मित्रता बाध्यताको विषय बनिरह्‍यो भने भारतले यसलाई आफ्नो अधिकारको विषय ठानिरह्यो ।

उसले नेपाल भारत सम्बन्धलाई 'छोरी कुटेर बुहारी तर्साउने' भनेजस्तै नेपालमाथि थिचोमिचो गरेर अन्य मुलुकसामु तुजुक देखाउने प्रयोजनले समेत प्रयोग गर्न चाहिरह्‍यो । जसले गर्दा उसले नेपालमाथि एउटा सभ्य मुलुकले गर्ने व्यवहार कहिल्यै गरेन । जसरी उसले यतिबेला पाकिस्तान र चीनले आफ्ना सीमा इलाकामा घूसपैठ गरेको आरोप लगाइरहेको छ, त्यसभन्दा नग्नरूपमा नेपाली भूभागमा अतिक्रमण एवं घूसपैठ गर्ने र नेपालको आन्तरिक मामिलामा हस्तक्षेपसमेत गर्ने गरिरहेको छ ।

आफू अधीनस्थ कश्मीरका जनतालाई पाकिस्तानले उक्साइरहेको भन्दै बरोबर निहुँ खोजिराख्ने भारतले नेपालमा सिखण्डीहरू तयार गरेर तिनीहरूलाई निहुँ खोज्न लगाउने अनि आफू जान्ने हुँदै उनीहरूको पक्षमा गुहार लगाउन तम्सिने कार्य गरिरहेको छ । यसो गरेर उसले नेपाललाई मात्र दुःख दिइरहेको छैन, 'आफ्नो खुट्टामा आफैं बन्चरो हिर्काउने' कामसमेत गरिरहेको छ । कारण भारतको नेपालप्रतिको व्यवहारले विवेकशील विश्व जनमतसामु पाकिस्तानले भारतीय भूभागमा खासै केही गरिरहेको छैन, भारतले नेपालमा जस्तै आफूप्रति गर्ने व्यवहारको जवाफ मात्र दिइरहेको छ भन्ने सन्देश प्रवाहित भइरहेको छ । यसरी नेपाल भारतबीचको सम्बन्ध 'काखमा राखेर छुरा भोक्ने' भनेजस्तै गरी विकसित भइरहेको छ ।

जनमत नै देशमा परिवर्तन सम्भव तुल्याउने र परिवर्तनका एजेन्डा संस्थागत गर्ने निर्णायक शक्ति हो । जुन शक्तिको अगाडि विदेशी दुस्मन र तिनका राष्ट्रिय दलाल दुवै पराजित हुनेछन् । खाँचो त्यस्तो शक्तिको पुनर्गठन र जनसमुदायले पनि निहित स्वार्थको घेराभन्दा माथि उठेर त्यस्तो शक्तिलाई समर्थन गर्नु रहेको छ ।

हुन त नेपालको आन्तरिक मामिलामा भारत त्यत्तिकै अगुवा भएको ठान्नु विषयवस्तुलाई एकांगीरूपमा प्रस्तुत गर्नुजस्तै हुनेछ । यसो किनभने नेपालमा आफू केही गर्न नचाहने र नसक्ने, विदेशीहरूको आड र भरोसामा देश र जनविरोधी क्रियाकलाप गर्दै आफ्नो जीविका धान्ने एकथरी परजीवी छन् । उनीहरूसामु सत्ता स्वार्थ र आर्थिक उपार्जनबाहेक अन्य कुनै उत्कृष्ट ध्येय छैन । यसको लागि उनीहरू राष्ट्रघात, जनघात र नांगो विदेशी दलाली गर्न कत्ति पनि लाज मान्दैनन् । विगतमा एकथरी पात्रहरू विदेशीको बलमा देशमा कथित लोकतान्त्रिक परिवर्तनको नाटक मञ्चन गर्दै सत्तारोहण र राष्ट्रिय सम्पत्तिको लुटमा हिस्सेदारी कायम गर्न सफल भएका थिए र तीमध्येकै एउटा पक्ष अहिले पनि सोही कार्यमा संलग्न छ ।

अब आएर अर्काथरी पात्रहरू परिवर्तनका एजेन्डाहरू उल्टाउन तीनै विदेशी शक्तिहरूमध्येको एउटा पक्षको कम्मर कसेर गुलामी गरिरहेका छन् । यसरी एजेन्डा फरक भए पनि दुवै पक्षले एउटै शक्तिको गुलामी गर्दै देशमा विदेशी हस्तक्षेपलाई बल पु‍र्‍याइरहेका छन् । नेपाली जनताले यी विषयको प्रतिवाद गर्ने कुनै भरपर्दो विकल्प भेटिरहेका छैनन् । यतिबेलाको नेपालीहरूको अनुभूति 'जुन जोगी आए पनि कानै चिरेको' भन्ने रहेको छ । यो नै सम्भवतः नेपाल, नेपाली जनता र नेपाली राजनीतिको सर्वाधिक विडम्बनायुक्त अवस्था हो । यसले नेपाली समाजले पतनको खतरनाक यात्रा तय गरिरहेको भन्ने देखाउँछ।

यति हुँदाहुँदै पनि एउटा कुरोलाई सन्तोषजनक लक्षण मान्नुपर्छ, त्यो हो नेपालमा सिखण्डीहरू जन्माएर आफ्नो प्रभाव विस्तार गर्ने भारतको प्रयास सहजरूपमा सफल हुने देखिँदैन । यसो किनभने एक त भारतीय शासकहरू आफ्नै मुलुकमा विकसित घटनाक्रमलाई व्यवस्थित गर्न सकिरहेका छैनन् । दोस्रो, भारत आफ्ना छिमेकीविरुद्धको व्यवहारका कारण दक्षिण एसियामा नांगिन पुगेको छ । अझ चीन-पाकिस्तान जस्ता छिमेकीहरूप्रति उसले प्रदर्शन गर्ने गरेका व्यवहार उसलाई नै महँगो पर्ने देखिन्छ । नेपालमा पनि त्यस किसिमका विदेशी तत्वहरूको दलाली गरेर देशमा परिवर्तनको नाममा ब्रह्मलुट मच्चाउने र विदेशीहरूकै दलाली गरेर उनीहरूको बलमा नयाँ विकल्प प्रस्तुत गर्दछौं भन्ने दुवैका कर्तुतबारेमा जनता विज्ञ भइसकेका छन् ।

यो नबिर्सौं, सचेत जनमत नै देशमा परिवर्तन सम्भव तुल्याउने र परिवर्तनका एजेन्डा संस्थागत गर्ने निर्णायक शक्ति हो । जुन शक्तिको अगाडि विदेशी दुस्मन र तिनका राष्ट्रिय दलाल दुवै पराजित हुनेछन् । खाँचो त्यस्तो शक्तिको पुनर्गठन र जनसमुदायले पनि निहित स्वार्थको घेराभन्दा माथि उठेर त्यस्तो शक्तिलाई समर्थन गर्नु रहेको छ । राष्ट्रवादीहरूको बाहुल्य रहेको नेपाली जनमतले यस विषयमा गम्भीर भएर सोच्ने र कार्य गर्न पछाडि पर्नु हुँदैन।

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.