सलमान र युलियाको गोप्य कुरा वडिगार्डले लीक गरेपछि

सलमान र युलियाको गोप्य कुरा वडिगार्डले लीक गरेपछि

एजेन्सी : बलिउडका चर्चित अभिनेता सलमान खान भारतमा मात्रै नभएर वलिउड फिल्मको बजार रहेका हरेक ठाउँमा लोकप्रिय छन् । यसका साथै विभिन्न व्यक्तिसँग दुश्मनी गर्नमा पनि उनी अगाडि रहेको बताइन्छ । उनको प्रतिकूल हुनेगरी कसैले कुनै कदम चालेको खण्डमा सलमान कडा रुपमा प्रस्तुत हुने गर्छन् ।

हालै सलमानले आफ्ना तीन बडिगार्डलाई जागिरबाट निकालिदिएको खबर बाहिर आएको छ । एक भारतीय अनलाइनले प्रकाशित गरेको खबर अनुसार सलमानका ती बडिगार्डले उनका गोप्य कुरा लीक गरेको आरोपमा जागिरबाट निकालिएको हो ।

सलमानका गोप्य कुराबारे मिडियामा खबर आएका थिए । ती खबर बडिगार्डले लीक गरेको पाइएपछि सलमानले उनीहरुलाई जागिरबाट निकालेको बताइएको छ । मिडियामा आएको खबर यो थियो की सलमान खानको ‘द दबंग टूर’ कार्यक्रममा सलमानकी प्रेमिका युलियाले गीत गाउँन चाहेकी थिइन । सलमानले त्यो कुरामा प्रतिवाद गरी गीत गाउँन दिएनन्, यही कुराले दुईबीच ठूलै विवाद भयो । जसका कारण युलियाले कार्यक्रम छाडेर निस्किेकी थिइन ।

खबर अनुसार यही घटना लीक गरिदिएको आरोपमा सलमानले आफ्ना तीन बडिगार्डलाई जागिरबाट निकालि दिएका हुन् । यसभन्दा पहिले सलमानले १४ बर्ष पुराना आफ्ना मेनेजरलाई पनि कामबाट निकालेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.