यसरी फुट्यो हिमताल (फोटोफिचर)
काठमाडौँ: मकालु हिम श्रङखला अन्तर्गत ४४१० मिटर उचाइमा रहेको लाङ हिमताल वैशाख ७ गते दिउसो बिष्फोटन भएको थियो। यउपा पिकको फेदमा रहेको हिमताल पिकको हिउँ सहितको पहरा झरेर हिमतालमा पस्दा ताल विष्फोटन भएको स्थलमा पुगेका मकालुका छेपाल शेर्पाले जानकारी दिनुभयो।
माथिबाट हिउँका ढिस्का र ढुङगा झरेर हिमताल पुरिएको छ भने पानी बाहिर जाँदा भुई खोलिएर ठुलाठुला खोल्साहरु बनेको शेर्पाले बताउनुभयो। ताल विष्फोटन हुदाँ बरूण उपत्यका भित्रका ज्याक खर्क, याङ्लेखर्क र तातोसोका ६ बढी गोठ र एक होटल एक दर्जन फड्के पुल, एक होटल, एक गुम्बा र छ वटा गोठ बगाएको शेर्पाले जानकारी दिनुभयो।
हिमतालको पानी बरुण नदीमा मिसिदा मकालु आधारशिविर जाने बाटो पुरै बन्द भएको छ। मकालु बरुण राष्ट्रिय निकुन्जको तथ्याङक अनुसार हिमाल आरोहणका लागि चैतमा ५४ र बैसाखमा १९ गरी ७३ जना पर्यटक प्रवेश गरेका छन यि पर्यटक सम्पर्कविहीन छ।
बरुण किनार हुदै मकालु आधारशिविर जानु पर्ने भएकाले बाटो पुरै बगाएको निकुन्जका लाकपद कुलुङले बताउनुभयो।याङलेखर्क देखि एक क्याम्प माथि रहेको याङमाले क्याम्प आधारशिविर भन्दा तलको क्याम्प हो।
यो ताल याङमाले क्याम्प भन्दा माथि र मकालु आधारशिविर बाट दुई सय मीटर दक्षिणमा अवस्थित थियो । भत्कीएको बाटो तत्काल निर्माण गर्न दैविक प्रकोप उद्धार समन्व्य समिति संखुवासभाले गृहमन्त्रालयसँग माग गरेको छ।
समितिको सोमबार बसेको बैठकले तत्कालीन र दिर्घकालिन व्यवस्था गर्न गृहमन्त्रालयसँग माग गरेको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो।
त्यस क्षेत्रको खराव मौसम र हिमपातका कारण प्रहरी पुग्न नसकेको र तत्काल नेपाली सेनाको टोली स्थलगत अध्यनका लागि पठाउने अन्तिम तयारी भएको उहाँले जनाकारी दिनुभयो। स्थलगत अध्यन गर्नका लागि समितिले मन्त्रालयसँग हेलिकप्टर माग गरी सकेको छ।