सरकार र संघीय गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियाे
काठमाडौंः संघीय गठबन्धनका नेताहरुसँगको बैठक बिना निष्कर्ष टुंगिएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग सामूहिक छलफल गर्ने गरी सत्ततारुढ र संघीय गठबन्धनको बैठक बालुवाटारमा सम्पन्न भएको छ । बैठकले बिहीबार अनौपचारिक छलफल गरेर शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय गरेको छ ।
बैठकमा संसद सञ्चालन र संविधान संशोधन विद्येयकको सम्बन्धमा व्यापक छलफल भएको थियो । बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा संविधान संशोधन विद्येयकलाई द्रुत मार्गबाट पारित गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षामान पुन र गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।