रिलिजका दिन 'बाहुबली २' का पाँच रेकर्ड

रिलिजका दिन 'बाहुबली २' का पाँच रेकर्ड

एजेन्सी : बलिउड फिल्म 'बाहुबली २' शुक्रबार भारत लगायत विभिन्न स्थानमा ठूलो तामझामका साथ रिलिज भएको छ । फिल्म रिलिज भएकै दिन भारतका अधिकांश हलमा हाउसफुल भएको खबर भारतीय मिडियाले दिएका छन् ।यो फिल्मले रिलिज हुनुभन्दा निकै अगाडि नै बलिउड फिल्मका विभिन्न रेकर्ड तोडेको थियो । 'बाहुबली २' ले फिल्म रिलिजको दिनसम्म पाँच रेकर्ड तोडेको छ ।

.भारतको ९ हजार स्क्रीनमा एक्कै पटक रिलिज भएको पहिलो फिल्म बनेको छ । यसअघि आमिर खानको 'पिके' र ऋतिक रोशनको 'ब्याङ ब्याङ' ६ हजार स्क्रीनमा एक्कै पटक रिलिज भएका थिए ।

.'बाहुबली २' ले सबैभन्दा महंगो टिकटको रेकर्ड पनि तोडेको छ । यो २४ सय भारतीय रुपैँयामा टिकट बिक्री गर्ने पहिलो फिल्म बनेको छ ।

.सबैभन्दा धेरै एडभान्स टिकट बुकिङको रेकर्ड पनि यही फिल्मले पाएको छ । 'बाहुबली २'हेर्नका लागि १० लाख टिकट अग्रिम बुकिङ गरिएको बताइएको छ ।

.बिभिन्न भाषामा डबिङ गरी रिलिज गर्नका लागि तिरेको पैसाले यो फिल्मले १३० करोड आम्दानी गरिसकेको छ । हिन्दी, तेलंगु, तामिल लगायतका भाषामा पनि यो फिल्म रिलिज गरिएको छ ।

.'बाहुबली २' अमेरिकाका ८ हजार स्क्रीनमा एक्कै पटक रिलिज हुने पहिलो बलिउड फिल्म पनि बनेको छ ।

राजमौलीले निर्देशन गरेको यो फिल्म निर्माणमा २ सय ७० करोड भारतीय रूयैयाँ खर्च गरिएको जनाइएको छ । बाहुबलीको सीक्वीलको रुपमा यो फिल्म बनाइएको हो ।शुक्रबारदेखि यो फिल्म नेपालका थुप्रै हलहरुमा समेत रिलिज गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.