किशोर थापा र रञ्जु दर्शनालाई खुलापत्र

किशोर थापा र रञ्जु दर्शनालाई खुलापत्र

आदरणीय किशोर थापा तथा रन्जु दर्शनाज्यू ,
नमस्कार।

सर्वप्रथम त काठमाडौंको मेयर पदमा अत्यन्तै उत्साहका साथ सुसंस्कृत राजनीति गर्न उमेद्वारी दिनुभएकोमा तपाईहरू दुबैलाई बधाइ छ। तपाइँहरूलाई सफलताको शुभकामना र नेपालमा सुसंस्कृत राजनीतिले सफलता पाओस र नेपाल स्थायित्व संगै विकासको बाटोमा शीघ्र आघि बढ्न सकोस् भन्ने चाहना राख्ने व्यक्ति भएकोले केही कुरा भन्न मन लाग्यो ।

तपाईहरूमध्ये जसले जितेपनि राम्रो । पहिलो र दोश्रोमा तपाईंहरूनै आउनुहोस र तर तपाईंहरूबीच तालमेल हुन नसकेकोमा दुख लागेको छ। साझा पार्टीले एक भएर अघि बढ्न गरेको प्रस्तावमा रन्जुलाई उपमेयर र किशोर थापालाई मेयरमा उठाउनु तार्किक र सम्मानपूर्ण हुनसक्छ।


विवेकशील पार्टी र रन्जुले सांकेतिक रुपमा एउटा ठूलो जीत हासिल गरिसकेको यो अवस्थामा, तालमेलले सकारात्मक र वैकल्पिक शक्तिहरूले जित्ने सम्भावना झनै बढी हुन्थ्यो। रन्जुको उमेरले उनी योग्य छैनन् भनेर होइन ्र उमेर मात्र उर्जा र योग्यताको कसी कदापी होइन।

कुलमान घिसिङ पाको हुनुहुन्छ तर उहाँले केही गरेर देखाउनु भयो । किशोर थापा सँग ३०औं बर्षको अनुभव छ। राम्रा काम गरेको उदाहरण छ। देशको सेवामा त्यत्रो बर्ष बिताएका पाका व्यक्तिलाई उमेरकै कारण कम आक्नु हुन्न।्र जसरी रन्जुजीलाई सानो उमेरको कारण अपरिपक्क भन्न मिल्दैन।

अनि फेरि अब युवाको पालो, अब युवाले अवसर नपाए सब बुढा मात्र बाँकी रहन्छन् नेपालमा भन्ने तर्क पनि केही हदसम्म ठीकै छ। तर उमेर, योग्यता, अनुभव अनि चुनावमा पुराना कुसंस्कृत राजनीति गर्ने पार्टी र उमेद्वारहरूलाई हराउनु पर्ने यो विशेष परिस्थितिमा किशोर थापा मेयर र रन्जु दर्शना उपमेयरको लागि उठेको भए केही बिग्रन्नथ्यो। यसले अझ धेरै मानिसहरूमा उत्साह थप्थ्यो र विवेकशील पार्टीको लचिलोपन, फराकिलो हृदयको पनि प्रसंशानै हुन्थ्यो। एक्कैपल्ट आकाश खसाल्छु जस्तो गरेर परिवर्तन गर्न खोज्दा फेरि हातमा शून्य पनि लाग्न सक्छ। अब विवेकशील पार्टीलाई किन यो प्रस्ताव स्वीकार योग्य भएन यो प्रश्न अनुत्तरित छ।

साझा पार्टीले उमेद्वारी पहिला दिएको र तालमेलमा रन्जुलाइ उपमेयरमा उठ्न अनुरोध गरेको कुरा सर्हानिय हुँदा हुँदै पनि, के एक कदम अघि बढेर आफू उपमेयरमा अनि रन्जुलाई मेयरमा उठेर एउटा ऐतिहासिक अनुकरण पेश गर्न सकिन्न ? रन्जु र विवेकशीलको भावना भन्नुस या हठलाई सकारात्मक र क्षमाशील भएर किशोर थापाज्यू एक मार्गदर्शकझैँ रहेर रन्जुसंग काम पनि गर्न सक्नुहुन्थ्यो। मेयर जस्तो जिम्मेवार पदमा रन्जुको उर्जामा एउटा परिपक्क र दह्रो सहयात्री हुन्थ्यो। जनमानसमा पनि तपाइको ठूलो तारिफ हुन्थ्यो। नयाँ पुस्तालाई साँचैनै राजनीतिमा र देशको विकासमा सहभागी गराउन यो कोशेढुंगा साबित हुने थियो। तपाइँहरूको विजयको सम्भावना त बढ्थ्यो नै।

म तपाइँहरूको दुवै पार्टीप्रति सद्भाव राख्छु । विवेकशील पार्टीलाई त आर्थिक सहयोग पनि गरेको छु। तर त्यो हुँदाहुँदै पनि विवेककशील पार्टीले अलिकति लचकता नदेखाएकोमा म दुखी छु। साझा पार्टीलेपनि गर्नसक्नेसम्म त्याग नगरेकोमा दुःखी छु ।

राजनीतिमा सबैको अलिअलि इगो हुन्छ नै, हुनु पनि पर्छ, सबै बुद्ध जस्तो हुँदैनन्। तर त्यस बावजूद पनि अलिकति मात्र परिपक्क भएर सोच्दा पनि यो तालमेलले ठूलो महत्व र सम्भावना राख्थ्यो। ‘हामी नेपालमा रहेका कुनै पनि सकारात्मक शक्तिलेसंगै काम गर्नुपर्छ। नाम र संगठनको पहिचानले हितकारी राज्य बनाउने सपनामा हानी हुन दिने छैनौँ’, भन्ने तर यो चुनावको रणनीतिमा चाहिं अलिकति विवेक नपुगेको हो कि झैँ मलाई लाग्छ।

आशा छ दुईमध्ये एकले जित्नुहुने छ। मेरो आफ्नो चेतनाले चाहिं किशोर थापालाई पहिलो भोट, रन्जु दर्शनालाई दोश्रो भोट पुराना पार्टीले पनि राम्रा उमेद्वार छानुन् , सुसंस्कृत हुनुपर्ने बाध्यता परोस् । राम्रा राम्रामा प्रतिस्पर्धा होस् अनि त राम्राकै जीत सुरक्षित पक्कै होला।

अबको राजनीतीमा जनताले विवेक प्रयोग गर्नै पर्छ र एउटा कुनै पार्टीको हरेक निर्णय सहि नहुन सक्छ। एउटै पार्टीका हरेक उमेद्वार अर्को पार्टीको भन्दा राम्रै हुन्छन् भन्ने पनि छैन। खुल्ला बहस र विचार गरेर निर्णय लिनु पर्छ। नयाँ जोश साथ सुसंस्कृत राजनीति गर्न आउने पार्टीहरूले यसलाई सकारात्मक नै लिनु हुने छ भन्ने आशा गर्दछु। पुराना पार्टीहरू उमेद्वार छनौटमै हानथाप गरिरहेका छन्। उहाँहरूको धेरै चर्चा गरेर उहाँहरूको ध्यान अन्त आकर्षण नगरौं होला।
उही शुभचिन्तक
सन्तोष लामिछाने


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.