'बाहुबली २'ले तोड्‍यो ऐतिहासिक रेकर्ड, एक दिनमै २०१ करोड कमायो

'बाहुबली २'ले तोड्‍यो ऐतिहासिक रेकर्ड, एक दिनमै २०१ करोड कमायो


एजेन्सी: बहुप्रतिक्षित चलचित्र 'बाहुबली २'ले सार्वजनिक भएको पहिलो दिन नै दर्शकको मन जित्न सफल भएको छ। पहिलो दिन बाहुबली २ ले बक्स अफिसमा ऐतिहासिक रेकर्ड तोड्दै विश्वभरबाट २ सय एक करोड कमाइ गरेको छ।

केआरकेले अफिसियल ट्विटरबाट पहिलो दिन भारतबाट १४५ करोड, अमेरिकाबाट ३३ करोड, खाडी मुलुकबाट ११ करोड र बाँकी अन्‍य ठाउँबाट ११ करोड गरी जम्मा २०१ करोडको कमाई गरेको जानकारी दिएको हो।

बजार विश्लेषक तरन आदर्शले पनि ट्विटर मार्फत नै 'बाहुबली २'को हिन्दी भर्सन सलमान खानको सुल्तान तथा आमीर खानको दंगललाई निक्कै पछाडि पारेको प्रतिक्रिया दिएका छन्।

 

सलमानको 'सुल्तान'ले पहिलो दिन ३६.५४ करोड र आमीरको 'दंगल'ले पहिलो दिन २९.७८ करवड कमाइ गरेको थियो। तरन आदर्शले बाहुबलीले अहिलेसम्‍मै बलिउडमा सबैभन्दा ऐतिहासिक रेकर्ड गर्ने दाबी समेत गरेका छन्।

धर्मा प्रोडक्शनको ब्‍यानरमा बनेको फिल्म 'बाहुबली २' रिलिज गरिएको ट्रेलरमा बाहुबलीलाई रगतले रंगिएको देखाइएको छ। 'बाहुबली'को सफलता पछि दर्शकहरुले यसको सीक्वयलको प्रतिक्षा गरेका थिए।

'बाहुबली २' मा राजा माहेश्मतीका राजा बाहुबलीको कथा देखाइएको छ। राज मौलीले निर्देशन गरेको यो फिल्ममा प्रभास, राणा डग्गुवती, अनुष्का शेट्टी, रमैया कृष्णन, तमन्ना लगायतका कलाकारको अभिनय रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.