स्पष्ट बहुमत नदेखेपछि सरकारले गर्यो संसद बैठक स्थगित
काठमाडौंः स्पष्ट बहुमत नदेखेपछि सरकारले संसद बैठक स्थगित गरेको छ । ११ बजेका लागि तय गरेको संसदको बैठक शोक प्रस्ताव पारित गरेर संविधान संशोधनको कार्यसूचिमै प्रवेश नगरीकन वैशाख २१ गते बस्नेगरी स्थगित भएको हो ।
सत्तापक्षकै राप्रपाले संविधान संशोधनका पक्षमा मतदान नगर्ने देखेपछि सरकारले संसद बैठक स्थगित गरेको बताइएको छ । संविधान संशोधनका पक्षमा दुई तिहाई पुर्याउन सरकार कसरतमा लागेको छ ।
मधेसी मोर्चासँग गरिएको सहमति अनुसार १७ गते संशोधन दर्ता गर्ने र १८ गते फास्टट्रयाकबाट पारित गर्ने योजना भएपनि २१ गतेका लागि लम्बिएको हो । आजको बैठक सिराहा क्षेत्र नम्बर २ का सांसद नठुनीसिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।