२३ बर्षमा ३८ सन्तान जन्माउने अामाका व्यथा
एजेन्सी : आमा बन्नु एक महिलाका लागि खुसीको कुरा हो । एउटी महिलाको जीवन आमा नबनेसम्म अधुरो रहने कुरा धेरैले गर्छन् । हरेक महिलामा बच्चा जन्माउने चहाना पक्कै हुन्छ । एउटी महिलाले आफ्नो जीवन कालमा बढीमा कति जना बच्चा जन्माउँन सक्छिन् ? यो एउटा अनुत्तरित प्रश्न हो । यहाँ एउटी यस्ती आमाको चर्चा गर्दैछौं । जसले जन्माएका बच्चाको सङ्ख्या सुन्दै जोकोहीको सातो उड्न सक्छ ।अझ उनले ती बच्चाप्रति निभाएको जिम्मेवारीबारे जान्ने जो कोहीलार्इ पत्याउन मुश्किल पर्छ ।
अफ्रिकी राष्ट्र युगाण्डाकी मारियम नातांबाजी जम्मा ३७ बर्षकी भईन बिहे गरेको २४ बर्ष भयो । यस बीचमा उनले ३८ जना सन्तान जन्माइन जुन सुन्दैमा अपत्यारिलो छ । युगाण्डाको मुकानो क्षेत्रको कबिम्बिरी गाउँमाकी बासिन्दा उनलाई बच्चा पाउने मेसिन भन्ने गरिन्छ ।
१२ बर्षको उमेरमा सन १९९३ मा ४० बर्षीय पुरषसँग बिहे गरेकी मारियमले १९९४ मा १३ वर्षकै उमेरमा पहिलो पटक जुम्ल्याहा सन्तान जन्माएकी थिइन । ३८ वटा बच्चा जन्माउने क्रममा उनले ६ पटक २ वटा, ४ पटक ३ वटा, ३ पटक ४ वटा बच्चा जन्माइन । दुई पटक भने मारियमले एक-एक वटा मात्रै बच्चा जन्माइन । उनले सबै बच्चा प्राकृतिक रुपमै जन्माएकी हुन भने उनको स्वाथ्यमा पनि त्यस्तो कुनै खराबी देखिएको छैन् ।
मारियम परिवार नियोजनका लागि डाक्टरसँग सल्लाह लिन पनि गएकी थिइन । तर डाक्टरले उनलाई परिवार नियोजन गर्नबाट रोकिदिए । उनको शरीरमा अत्याधिक मात्रामा डिम्ब उत्पादन हुने भएकाले उनलाई बच्चा जन्माउन रोकेमा उनको स्वाथ्यमा गम्भीर समस्या उत्पन्न हुनसक्ने भन्दै डाक्टरले परिवार नियोजन गर्न रोकिदिएको बताइएको छ ।
आफ्ना बाबुको पनि अलग-अलग महिलाबाट जन्मिएको ४५ जना सन्तान रहेको मारियमले बताइन । उनका सबैभन्दा जेठा छोरा चार्ल्स मुसीसी २३ बर्षका भए । मरियमले बताए अनुसार उनका पतिले उनको रेखदेख गर्दैनन् । बिहान सबेरै घरछोड्ने उनका पति राती अबेर मात्रै घर फर्कन्छन् । बच्चाहरुको हेरचाहमा पनि कुनै सहयोग गर्दैनन् । उनका बच्चालाई आफ्नो बाबुको अनुहार पनि याद छैन् । उनका जेठा छोराले १३ बर्षको उमेरका पछिल्लो पटक बाबुको अनुहार देखेको बताउछन् ।
बच्चाहरुको आमा र बाबु दुवैको जिम्मेवारी मारियमले नै निभाउनु परेको छ । उनीसँग खेतीपातीका लागि कुनै जमिन छैन । उनले विभिन्न काम गर्दै यति ठूलो पविारका लागि आर्थिक श्रोत जुटाइरहेकी छिन् । उनका सबै सन्ताहरु विद्यालय पनि जाने गरेका छन् । आफ्ना सन्तानलाई डाक्टर, शिक्षक, वकिल बनाउने लक्ष रहेको मारियम सुनाउँछिन् । उनका जेठा दुई सन्तानले नर्सको अध्ययन पूरा गरि कामको खोजीमा लागेका छन् । उनका ठूला सन्तानहरुले पनि उनलाई काममा सहयोग गर्ने गर्छन् ।