बाबुरामको प्रश्न : महाअभियोगको हतियारले लोकतन्त्र कसरी सुरक्षित ?

बाबुरामको प्रश्न : महाअभियोगको हतियारले लोकतन्त्र कसरी सुरक्षित ?

काठमाडौं : पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावको विरोध गरेका छन्।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का दुई सय ४९ सांसदको हस्ताक्षरसहित आइतबार दिउँसो संसद सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव गलत अभ्यास भएको बाबुरामको भनाइ छ ।

यस्तो अभ्यासले राज्यका सबै अंग एकपछि अर्को भत्कने र देश नै असफल हुने बताउनु भएको छ। उहाँले महाअभियोगको हतियार दुरुपयोग भए लोकतन्त्र नै खतरामा पर्ने धारणा राख्नु भएको छ।

बाबुरामले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भए लगत्तै ट्वीटरमार्फत् आपत्ति जनाउनु भएको हो ।

‘राज्यका सबै अंग एकपछि अर्को भत्काएर देशलाई असफल राज्य बनाउन लागेकै हो त ?’, बाबुरामले ट्वीटमा भन्नुभएको छ, ‘महाअभियोगको हतियार यसरी दुरुपयोग हुँदै गए लोकतन्त्र कसरी सुरक्षित ?’

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्मा प्रस्तावमा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेक बस्नेत रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.