वरिष्ठ न्यायाधीश पराजुली कामु प्रधानन्यायाधीश

वरिष्ठ न्यायाधीश पराजुली कामु प्रधानन्यायाधीश

काठमाडौं : प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदको सचिवालयमा महाअभियोगको प्रताव दर्ता भएपछि सर्वोच्चका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले आइतबारै कायममुकायम प्रधानन्यायाधीशमा पदबहाली गर्नुभएको छ।

सर्वोच्चमा आयोजित एक कार्यक्रमबीच पराजुलीले पदवहाली गर्नुभएको हो। पदबहालीसँगै उहाँले सर्वोच्चमा उपस्थित न्यायाधीश र कर्मचारीलाई इमान्दार र कर्तव्यनिष्ठ भई आफ्नो भूमिका निर्बाह गर्न मौखिक निर्देशन दिनुभएको छ।

त्यसअघि प्रधानन्यायाधीश कार्की सर्वोच्चको गाडीमा झण्डासहित प्रधानन्यायाधीश निवास बालुटार फर्किनुभएको थियो। स्रोतका अनुसार महाभियोग दर्ताको जानकारी साढे तीन बजे सर्वोच्च प्रशानले पाएको थियो। तर कार्कीलाई भने आफूमाथि महाअभियोग लागेको जानकारी थिएन।

कार्कीले प्रधानन्यायाधीशको हैसियतमा आइतबार सुडानको डार्फर भ्रष्टाचार प्रकरणसहित चारवटा मुद्दामा फैसलासमेत गर्नुभयो। यी मुद्दा नै घर जाँदाजाँदै उहाँले सुनुवाइ गरेका अन्तिम मुद्दा बनेका छन्।

पोखराको फेवातालमा भएको अतिक्रमण विवादमा परेको रिटलगायत ६ वटा मुद्दा हेर्दाहेदैको अवस्थामा छन्। ति मुद्दा कार्कीको अनुपस्थितिमा पुनः सुनुवाई गर्नुपर्ने भएको छ। आइतबार दिउँसो कार्कीले स्वभाविक रुपले अदालती कामकारवाहीमा बिताउनु भएको थियो। सुडानको फैसला सकिएपछि महाभियोगको खबर थाहा पाएर कार्कीले सर्वोच्चका न्यायाधीशसँग बिदावारी लिनुभएको छ। महाअभियोग लागेको खबर पाएपछि कार्की मलिन अनुहारमा गाडी चढेर बाटो लाग्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.